नसा च्यापिने समस्या र सावधानीहरु ! (Back Pain)

हाम्रो मेरुदण्ड मूख्य रुपमा अलग अलग हड्डीहरुको दण्डाकार संरचना हो । यि हड्डीहरुलाई आपसमा इन्टर भर्टेवल डिक्स नामक लचकदार संरचनाले छुट्याएको हुन्छ भने लिगामेन्टले अलग अलग हड्डी तथा डिक्सलाई एउटै लम्ववद्ध दण्ड वनाएर राख्दछ । मेरुदण्डमा टासिएका मांशपेशीहरुले ढा“डलाई मोड्न तथा चलाउनलाई सहयोग गर्दछ । ढा“डका हड्डीहरुमा स्पाइनल क्यानल नामक लम्ववद्ध प्वालवाट गुज्रिने स्पाइनल कर्ड नामक मुख्य नसा र कर्डवाट निस्किएका अन्य नसाहरु पनि मेरुदण्डकै संरचना भित्र पर्दछन् । यि नसाहरु ढा“डवाट सुरु भएर शरीरका विभिन्न भागसम्म पुग्छन् । आम भाषामा नसा भनेर रक्तवहाक नसालाई वुझिए झै यहा“ उल्लेखित नसा रक्तवहाक नसा होइनन् अपितु स्नायुप्रणाली स“ग सम्वन्धित नाडी मण्डल हुन् जस्ले शरीरका विभिन्न अंग चलाउनका साथै तातो चिसो, दुखाई, कम्पन, स्पर्श आदि थाहा पाउन मद्दत गर्दछ । 
ढा“डको हड्डीहरुको वीचमा रहेको इन्टर भर्टेवल डिक्सले हड्डीहरुलाई आपसमा घर्षण हुन नदिका साथै ढा“डमा पर्ने झ्ट्का तथा दवावलाई नियन्त्रण गर्दछ । जसरी मोटरसाइकलमा भएको स्प्रिङ (सक एव्र्जवर)ले वाइक उफ्रिदा, हुत्तिदा उत्पन्न झट्कालाई चालकसम्म पुग्न नदिएर चढ्नेलाई चोट पुग्नवाट वचाउ“छ । त्यसैगरी यि डिक्सहरुले पनि मेरुदण्डमा पर्ने झट्का तथा दवावलाई अवशोषण गरेर ढा“डलाई चोट पु¥याउनवाट वचाउ“छ । नसा च्यापिने समस्यमा पनि यिनै डिक्स, हड्डी र नसाको अन्र्तसम्वन्ध छ । यि डिक्सहरुले आफ्नो ठा“उ छाड्दा मेरुदण्डको मूख्य नसा (स्पाइनल कर्ड) तथा कर्डवाट निस्किएका नसाहरुलाई थिचिदिन्छ । तर, यसरी डिक्सले ठा“उ छाड्नुमा धेरै कारणहरु छन् । 
नसा च्यापिने मुल कारण भनेकै खराव पोस्चर हो । यसका अलाव अनियमित दिनचार्य तथा ढा“डको हेरचाहको कमीको पनि उत्तिकै योगदान छ । अचानक झुक्ने, भारी वस्तु अचानक उठाउने, गलत तरिकाले उठ्ने, वस्ने, हिड्ने, व्यायम नगर्ने, अग्लो हिल भएको जुत्ता चप्पल लगाउने, खाल्डे वाटोमा वाइक चलाउने, कुप्रेर लामो समय कुर्सीमा वस्ने, सुर्ती जन्य वस्तु सेवान गर्ने तथा धुमपान गर्ने, मानसिक तनाव, डर चिन्तामा परेकाहरु, तनावग्रस्त पेशामा संलग्न पेशाकर्मीहरु जस्तै, डाक्टर, पुलिस, एक्ज्युकेटिभ, वैकर्सहरु यो समस्यका जोखिमा छन् । धेरै वच्चा जन्माएकी आमा, मोटा तथा भू“डी लागेका व्यक्तिहरु, व्याययम नगर्ने तथा लामो समयदेखि मोटरसाइकल चलाउनेहरुमा यो समस्य ज्यादा देखिएको छ । यस्ता खराव जीवनशैली भएका व्यक्तिहरुको डिक्स तथा हड्डी चाडै खिइने, सुनिने र घोटिने हुन्छ । फलतः डिक्स फुटेर यसभित्रको चिप्लो पदार्थ पोखिएर जानुका साथै डिक्सले आफ्नो ठा“उ छाडेर नसा च्याप्न पुग्छ । नसा च्यापिदा मूख्यतः नसाको क्रिया अवरुद्ध हुन जादा कम्मर दुख्ने, च्यापिएको नसा गएको खुट्टातिर दुख्ने, खुट्टा निदाउने, झमझमाउने, लाटो हुने र विस्तारै खुट्टा तथा ढ“ाड चलाउन नसकिने यो रोगका मूख्य लक्षण हुन् । समस्य वढ्दै गएमा खुट्टा सुक्दै जाने र प्यारालाइसिस हुने संभावना हुन्छ । 
उपचार :
नसा च्यापिएको रोगीहरु मध्ये ८५ प्रतिशतको उपचार प्राकृतिक तरिकाले गर्न सकिन्छ भने १५ प्रतिशत रोगहरुलाई अप्रेशन गर्नुर्ने हुनसक्छ । तर, आपतकालिन अवस्था छैन भने अप्रेशन नगराएकै राम्रँे हे। गराउनु नै पर्ने अवस्था भएमा विज्ञ स्नायु शल्य चिकित्सकवाटै गराउनुपर्छ । प्राकृतिक उपचारमा विशेषतः पूर्ण वेड रेष्टका साथ विद्युतिय उपकरणहरुले गरिने उपचारहरु आइएफटी, अल्ट्रासाउन्ड, ट्रेक्सन, तातोले सेकाई आदि उपचारले दुखाई कम गर्न तथा मेरुदण्डको तन्तुहरुलाई मजवुद गर्न सहयोग गर्छ । ढा“डको मालिस, अकुप्रेसर, कपिङ, काइरोप्रँक्टिस् जस्ता उपचार पद्धतीले दुखाई कम गराउनका साथै डिक्सलाई यथास्थानमा जान सहयोग गर्दछ । अकुपञ्चर जुन एक चाइनिज उपचार पद्धती हो ले नसा च्यापिएको दुखाईमा राहत पु¥याउनका साथै च्यापिएको नसा छुट्याउन पनि सहयोग गर्छ । दुखाई कम भएपछि विरामीलाई ढा“डका व्यायम, योग आसनहरु सिकाइन्छ जसले मेरुदण्ड र आसपासका तन्तुहरुलाई मजवुद वनाउ“छ र फेरी यहि समस्य दोहोरिन दिदैन । 
सावधानीहरु
१. नियमित रुपमा व्यायम गर्ने वानी वसालौ, अंग व्यायम, रिढ व्याययम, शिथिलिकरण व्याययम, प्रँतःभ्रमण जस्ता व्याययमले शरीरका हाड तथा जोर्नीहरुलाई मजवुद वनाउनका साथै ढा“डलाई तन्दुरुस्त राख्न मद्दत पु¥याउछ ।
२. लामो समयसम्म कुर्सी तथा टुलमा झुकेर नवसौ, वस्दा उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र दवाव दिएर नवसौं । एउटै पोजिसनमा लामो समय सम्म रहने व्यक्तिमा यो समस्य हुन सक्छ । 
३. सामान वा भारी वस्तु उठाउदा सावधानी अपनाऔ । हडवडमा बलपूर्वक भारी उठाउने कोशिस नगरौं ।
४. अग्लो हिल जुत्ता वा चप्पलको प्रयोग नगरौं ।
५. उकाली ओराली गर्दा सिढि चढदा सावधानीपूर्वक विस्तारै हिडौं ।
७ अगाडि झुकेर सामान उठाउनु पर्दा कम्मरवाट नझुकौ । निहुरिएर गर्नुपर्ने कुनैपनि काम गर्नु पर्दा घु“डा खुम्च्याएर कम्मरलाई नमोडी विस्तारै उठाऔ ।
८. खोक्दा वा हाच्छ्यिु गर्दा भित्ता वा टेवुलको साहायता लिऔं । 
९ं शरीरको तौललाई आफ्नो उचाइ अनुसार नियन्त्रणमा राखौं । विशेषत पेटलाई वढ्न नदिऔं यसले ढा“डमा अतिरित्त दवाव दिन्छ । 
१० गद्दा, फोम जस्ता मुलायम ओछ्यानमा नसुतौ । स्प्रिङ भएको लचकदार झोलुङ्गे ओछ्यान वढी आरमदायक भएपनि ढा“डको लागि राम्रो होइन । 
११. साह्रै कडा ओछ्यानले पनि ढा“डलाई राम्रो गर्दैन । सामन्यतः एक इन्च जति वाक्लो कपासको विछ्यौना ओछ्याउदा राम्रो हुन्छ ।
१२. सुत्दा सिधा सुत्ने वानी वसालौ । घोप्टो वा कोल्टे भन्दा उत्तानो सुत्नु नै ढा“डको लागि राम्रो हो । तकिया काधको लम्वाइ वरावर अग्लो भए ढा“डको लागि राम्रो मानिन्छ ।
१३. लामो समयसम्म उभिरहने वा वसिरहने नगरौं । गर्नैपर्ने भएमा विचविचमा अवस्था परीवर्तन गरिरहनु होला । उभिएर गर्नुपर्ने काम गर्दा एक खुट्टालाई अर्को खुट्टा भन्दा ६ इन्च जति माथि कुनै वस्तुको आड लिइ राखौ ।
१४. ड्राइभिङ गर्दा सिटलाई अलि अगाडि नै सारेर वस्ने गरौं । ड्राइभिङ सिटमा अथवा कुर्सीमा वस्दा ‘व्याक रेष्टका’े प्रयोग गर्ने गरौं । 
१५. कम्मर वा गर्दन दुख्ने समस्य भएकाहरुले मोटरसाइकल नचलाऔं । हिड्दा ढा“डको वेल्ट वा घा“टीको कलर लगाऔं । 
१६. हिड्दा वुढो मान्छे जस्तो कुप्रेर होइन, वहादुर जस्तो छाती खोलेर हिडौं । 
डा. हेमराज कोइराला
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment