उन्नतिका सात कारण


                                          उन्नतिका सात कारण 

१. श्रद्धालु भएर रहनु - हाम्रा साधना शास्त्र, सद्ग्रन्थहरूमा 'श्रद्धाहीनं' नलभते ज्ञानं भनिएको छ । मानव जीवन श्रद्धा र विश्वासकै आधारमा सञ्चालित छ । श्रद्धा-विश्वासबाट सबै कुरा प्राप्त गर्न सकिन्छ । श्रद्धाविना कुनै फल प्राप्त हुँदैन । गीतामा भगवान्ले श्रद्धा र ज्ञान नभएको व्यक्ति नष्ट हुन्छ भन्नुभएको छ । श्रद्धालु व्यक्ति जस्तो सुकै पीडित र व्यथित अवस्थामा पनि लक्ष्य प्राप्तिको निमित्त प्रयास गरिरहन सक्दछ । श्रद्धाबाट विश्वास, विश्वासबाट कर्ममा उत्साह र उत्साहबाट सफलता प्राप्त हुन्छ ।

२. पाप कर्म -दुष्कर्म) नगनु- जीवनमा उन्नति र सुखको चाहना गर्नेले पाप कर्म भुलेर पनि गर्नुहुँदैन । पाप भन्नु नै दुःख हो । दुःख उत्पन्न गराउने दुष्कर्म वा खराब कामबाट सदा सचेत बन्नु ठूलो बुद्धिमानी हो । ज्ञानीहरू जुन कर्मबाट दुःख र दोष उत्पन्न हुन्छ तिनबाट सदैव टाढा रहेर शुभ कर्म मात्र गर्दछन् । खराब काम त्यही हो जसबाट हाम्रो मन अशुभ वा अन्य -अनावश्यक) विचारमा लाग्दछ । त्यस्तै, असल काम त्यही हो जसबाट हाम्रो मन शुभ र सत्यतर्फ लाग्दछ । धम्मपथमा मानिसले यस्तो मात्र कर्म गर्नुपर्छ जसको परिणाम भोग गर्दा प्रसन्नता र सुख प्राप्त हुन्छ र त्यस्तो कर्म गर्नुहुँदैन जसको परिणाम भोग गर्दा दुःख र पछुतो हुन्छ भनिएको छ ।

३. विद्या संचय गर्नु- विद्या वा ज्ञान नै सबै उन्नति र सुखको मुहान हो । विद्याविना ज्ञान र ज्ञानविना सफलता सम्भव हुँदैन । त्यसैले 'विद्या धन सर्व धनं प्रधानम्' भनिएको छ । जीवनमा सफलता र उन्नतिको आकाङ्क्षा राख्नेले विद्याध्ययनमा ध्यान पुर्‍याउन अति जरुरी छ । नित्य स्वाध्यायमा रुचि जगाई अध्ययनशील र जिज्ञासु स्वभाव निर्माण गर्नुपर्छ । यसैबाट नयाँ ज्ञान र उन्नतिको द्वार खुल्दछ ।

४. प्रज्ञावान् हुनु- नीति शास्त्र भन्दछ-जसरी आँखा नहुनेले ऐना राखेर पनि उसले आˆनो रूप देख्दैन त्यसैगरी प्रज्ञाहीन मनुष्यलाई शास्त्रले पनि उपकार गर्न सक्दैन । अर्थात् त्यसबाट उसले कुनै फल प्राप्त गर्न सक्दैन । यस उक्तिबाट के स्पष्ट हुन्छ भने प्रज्ञाहीन व्यक्ति जीबन्नोतिका लागि सधैँ असक्षम हुन्छ । जीबन्नोति र सफलताका निमित्त सही मार्गदर्शन र प्रेरणा प्राप्त गर्न प्रज्ञावान् हुन अत्यावश्यक छ । हाम्रा इन्दि्रय तथा अङ्गहरू प्रज्ञा वा ज्ञानद्वारा सञ्चालित छन् । समस्त बौद्धिक कार्य प्रज्ञाद्वारा सम्पन्न गरिन्छ । प्रज्ञा वा ज्ञानाग्निमै समस्त दुर्भाव भष्म भई जीवन शान्त, सुन्दर र मधुर बन्दछ ।

५. सत्कर्ममा उत्साही बन्नु - पापको थुप्रो नै दुःखको कारण हो । पुण्यकर्म गरेपछि फेरि फेरि गर्नुपर्छ । उत्साह बढाउनुपर्छ । पुण्यको राश नै सुखको कारण हो । उपरोक्त भनाइबाट पुण्य वा सत्कर्मको महìव छर्लड्ढ हुन्छ । सत्कर्मबाट मनुष्यले पुण्य सञ्चय गर्दछ । जानेर होस् वा अन्जानमा गरिएको सत्कर्मको परिणाम सुखदायी नै हुन्छ । सत्कर्ममा निरन्तर लाग्नाले आनन्द र उन्नति प्राप्त हुन्छ । कर्म उत्साही र आनन्दित भएर गर्नुपर्छ किनभने निरुत्साही र शोकाकुल व्यक्तिको सबै काम बिग्रन्छ । उत्साहविना संसारमा कुनै काम बन्दैन र उत्साहविनाको प्राप्ति महìवपूर्ण हुँदैन । त्यस्तै, उत्साही व्यक्तिको निमित्त संसारमा कुनै पनि वस्तु दुर्लभ छैन ।

६. सत्सड्ढत गर्नु - सत्सड्ढ नै उन्नति र ज्ञानको मार्ग हो । त्यसैले महात्माहरूले सत्सड्ढ अर्थात् सत्सड्ढतमा विशेष जोड दिएका छन् । सत्को अर्थ असल वा उच्च र सड्ढको अर्थ टाँसिनु, सम्पर्क वा सड्ढत गर्नु भन्ने हुन्छ । कुनै पनि व्यक्ति जस्तो तìव वा व्यक्तिको सड्ढत गर्दछ त्यस्तै बन्दछ । कोइला आफै तातो बनेको होइन, आगोको सड्ढतले आगो बनेको हो । साना खहरे खोलानाला, नदी नाला पनि ठूलो नदीको सम्पर्कमा जानाले समुद्रसम्म पुग्न सक्षम हुन्छन् । तसर्थ सड्ढत सधैँ ठूलाबडा अर्थात् ज्ञानी सज्जनहरूको नै गर्नुपर्छ भनेर सत्शास्त्रहरूमा निर्देशन गरिएको छ ।

७. जाग्रत वा जागा भएर रहनु - भनिन्छ, जसरी घरका मानिसहरू उठिरहेको समयमा चोर पस्न सक्दैन त्यसैरी नै सधैँ जागा वा जाग्रत रहृयौँ भने मनमा खराब विचारहरू आएर हाम्रा सद्भावहरूलाई हरण गरेर लैजान सक्दैनन् । यसरी मानव जीवनमा सद्भाव, शान्ति र समुन्नतिको आकाङ्क्षा राख्नेले सदा आफूलाई जागो वा जाग्रत तुल्याई होसियारी तथा सावधानीपूर्वक कर्म गर्नु अपरिहार्य छ । मानिसले होस नराखी कर्म गर्दा नै कतिपय विपत्ति विनाश निम्त्याउने गर्दछ । दृढ विश्वासका साथ निरन्तर आत्म जागृत गराई लागि परेमा नै ज्ञान-बुद्धि खुली चैतन्य अवस्थाको अनुभूति लिनुको साथै जीवनको वास्तविक उन्नतितर्फ अग्रसर बन्न सकिन्छ ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment