--एसिडिटि छ चिन्ता नगर्नुस ,,, एसिडिटिका कारण र समाधान

                                                 एसिडिटिका कारण र बच्ने उपाय


दैनिक व्यस्तताले खानामा त्यत्ति ध्यान दिने गरिन्न । लामो समयसम्म खाना नखाएपछि जब पेट पोल्न थाल्छ अनि मात्र खाने समय भएछ भनेर थाहा हुन्छ  । कहिले दिनको दुइपटक मात्र खान्छौं त कहिले दिन भर खादैनौ । यो स्वास्यको दृष्टिले राम्रो संकेत छैन् । खानामा गरिने लापरवाहीले एसिडिटी बढाउँछन् ।खाना पचाउनका पेटका ग्रन्थीहरुले विभिन्न एसिड (अम्ल) निकालिरहेको हुन्छ । यस्ता एसिडहरु खानामा घोलिन्छ र खानालाई पचाउन मद्दत गर्छ । यी एसिडहरु भने जतिबेला पनि उत्पादन भईरहेको हुन्छ । लामो समयसम्म खाना नखाएको अवस्थामा भने एसिडहरु पेटको भित्तामा पुग्छन् र पेट पोल्न थाल्छ ।
एसिडिटि हुने प्रमुख कारणहरु
फास्ट फुडमात्र खानु
चिया, कफि र अन्य चिसो पेय पदार्थ धेरै खानु
चुरोट सेवन
हतार अनि  दौडधुप तथा चिन्ता 
चिल्लॊ अमिलो पिरो र मसलादार खानाको प्रयोग 
पर्याप्त पनि नपिउनु तथा ग्यासत्रिक 
रक्सिको सेवन
लामो समय खाली पेट बस्नु
बच्ने घरेलु उपायहरु
हरेक विहान मन्द तातो पानी पिउने
कागती, केरा, बदाम र  दही खाने
नरीवल पानीले पनि एसिडिटि कम गर्छ
खाना खाएपछि तुलसीको पात पकाएर खाँने
केरा, खरबुजा र काँक्रा खानु बेस हुन्छ
एक टुक्रा ल्वाङले पनि फाइदा गर्छ
समय मै खाना खाने
चिल्लो ,पिरो, अमिलो, र मसलादार खाना  कम खाने 
पर्याप्त पानी पिउने 
चिन्ता नगर्ने  रक्सि चुरोट सेवन गर्ने बनि हटाउने 

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment