गायक : अर्जुन खरेल
जन्म मिति : १९८२ , फेब्रुवरी २६
उचाई : ५ .८ , तौल : ७० के जी
ठेगाना : चन्द्रगडी -१, केन्द्रमोड झापा हाल दोहा ,कतार
शिक्षा : IA सोलो एल्बम : '' मेरो गीत '' रेकोर्ड गीत :१०
रेडियो उद्घोषक तालिम : नव राज लम्साल ,टिका भण्डारी , पाण्डव सुनुवार
झापा चन्द्रगढी केन्द्रमोड घर भएका उनी हाल वैदेशिक रोजागरीको शीलशीलामा कतारमा छन् । विदेशपुगेरै भएपनि उनले आफ्नो सोलो एल्वम ‘मेरो गीत’ बजारमा ल्याइसकेका छन् । गायक खरेल आफूलाई विल्कुलै नवसर्जक भन्न रुचाउँछन् । उनले आफ्नो पहिलो गीति एल्वम मेरो गीत’ २०७० साल बैशाख १ गतेका दिन नव वर्षको अवसर पारेर सार्वजनिक गरेका थिए ।वरिष्ठ संगीतकार किरण खरेललगायत ख्याति प्राप्त रचनाकारहरुको नेपाली आधुनिक एवम् पप शैलीमा ६ वटा गीति एल्वम ‘मेरो गीत’मा समावेश गरिएका छन् ।संगीतकार बेजु बज्रको संगीतमा निर्मित एल्वम‘मेरो गीत’लाई रियाज म्यूजिकले बजारमा ल्याएको हो ।पुलचोकस्थित इन्द्र संगीत विद्यालय काठमाडौंबाट संगीत सिकेका नव गायक खरेलले ,नवराज लम्साल, तथा स्वर्गीय पाण्डव सुनुवार एबम संगीतकार टिका भण्डारीबाट उद्घोषण तालिम लिएको बताउँछन् । वि.सं २०६० सालमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका ३० वर्षीय खरेल त्यस यता निरन्तर यस क्षेत्रमा सक्रिय छन् ।
ग्वार्कोस्थित (गाएक दीपक बज्रचार्येको radio Nepal 11) काठमाडौंको अनलाइन रेडियो बाट एल्वम सार्वजनिक गरेका थिए भने गायक खरेलले कतारबाटै उक्त एल्वमको लोकार्पण समेत गरिसकेका बताउछन् ।अरु भन्दा फरक ढंगले सार्वजनिक गर्न वरिष्ठ गीतकार किरण खरेलले दिएको सल्लाहकै कारण सिधै रेडियोबाट एल्वम सार्वजनिक गरेको उनको भनाई छ । नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष गणेश बञ्जाडेबाट उनले आफ्नो एल्वम विमोचन गराएको कुरा खुलाएका छन् । यस पहिलो एल्वम ‘मेरो गीत’का गीतहरु नेपालका प्राय रेडियोहरुमा नियमित बजिरहेको उनी बताउँछन् । एल्वम‘मेरो गीत’मा, वेग मारी आउँदा, तिम्रो आगमनले, म हाँस्छु,गोदावारीलगायत बोलका गीतहरु समावेश गरिएका छन् । गायक खरेलले फेसबुकमार्फत कुरा गर्दै आफ्नो घरपनि झापा भएकाले झापाली स्रोताले आफूलाई बढी माया गरेको उनको अनुभव छ । आफ्नो एल्वमले अन्य ठाउँमा भन्दा झापामा राम्रो बजार पाउनेमा दाबी गरेका छन् । एल्वममा समावेश गरिएको "तिम्रो आगमन " बोलको गीत आठ वर्ष अघि नै रेकर्ड गरिएपनि आर्थिक अभावकै कारण एल्वम निकाल्न नसकिएको उनले बताए । तीन वर्षको प्रवास बसाईपछि गत वर्षको मंसिरमा नेपाल आएका गायक खरेलले एल्वम तयार पारेर फर्किएका र अब चाँडै नै अरु गीतहरु पनि रेकर्डिङ गर्न लागिएको बताए । ‘संगीत भनेको एउटा त्यस्तो चिज हो जसले दुःखी मन भुलाउने अनि रोएको मन हँसाउन सक्छ’,भन्छन्–‘संगीतबिना जीवन अधुरो हुन्छ ।’ एल्वम निकाल्ने रकम अभावमा खाडी मुलुक पुगेका अर्जुन अब चाँडै स्वदेश फर्किने तयारीमा छन् आफ्नै माटोमा सानोतिनो व्यवसाय गरेर परिवारसँग रमाउने सोच बोकेका यी गायक जहाँ पुगेर जे जे गरेपनि गीत–संगीतलाई सधैं पहिलो प्राथमिकतामा राख्ने अभिब्येक्ति दिएका छन् । जीवनयापन गर्न कुनै एउटा व्यवसाय अपनाउनै पर्ने भएपनि आफू संगीतबिना रहन नसक्ने उनको बुझाई छ ।
अरुभन्दा फरक देखिन रुचाउने नवगायक खरेल परदेशबाटै भएपनि समाजसेवामा निरन्तर क्रियाशील छन् । खरेलले विगत 7 महिनाबाट कतारको दोहामा लत्ताकपडा संकलन अभियान चलाएका छन् । जसबाट संकलन भएका लत्ताकपडा नेपालमा रहेका गरीव तथा अनाथ बाल -बालिकाहरुका लागि पठाउने गरेको उनी बताउँछन् ।भन्छन्–‘कोही पनि नेपालीले नाङ्गो रहनु नपरोस् भन्ने उद्देश्यले सानो प्रयास मात्र गरेको हुँ ।’ यसै अभियान अन्तरगत उनले काठमाडौँ कुलेस्वरस्थित ‘माया घर’का लागि अघिल्लो महिना लत्ताकपडा,व्ल्याङ्केट र कलमहरु पठाई सकेका कुरो खोलेका छन् । यो अभियानलाई निरन्तरता दिने उनको योजना छ ।अझ कडा मेहेनत गरेर एक वर्षभित्रमा नयाँ एल्वम निकाल्ने अर्जुन बताउँछन् । स्वरसम्राट नारायणगोपाललाई मन पराउने गायक खरेल गीतसंगीतमा लागेर पैसा कमाउन भन्दापनि यो क्षेत्रबाट समाजसेवा गर्न -पाएकोमा आफू सन्तुष्ट रहेको बताउँछन् । अनाथ र गरीव बालबालिकाका लागि लत्ताकपडा संकलन अभियानमा जुटेकाले गाएकले जारी रहेको यस महान कार्य र समाज सेवामा सहयोग गरि पुंन्ये कमाउनु हुन अनुरोध गरेका पनि गरेका छन् ।उनी भन्छन्– ‘मलाई यस अभियानमा सहयोग गर्न चाहनुहुने मित्रहरुले अभियान सफल बनाउनका लागि ‘मेरो गीत’ एल्वम किनेर वा पुराना लुगा संकलन गर्ने कार्येमा हातमा हात मिलाई सहयोग गरिदिन सबैमा अपिल गरेका छन् ।पक्कै पनि उहाको यस सामाजिक कामको प्रसंसा गर्दै सबैमा हामी ALL TENSION UNIT पनि सहयोग को लागि आब्हान गर्दै गाएक अर्जुन ज्यु लाई सांगेतिक आकाशमा सफलताको कामनाको साथै ऊच्च भबिस्यका लागि शुभ कामना /’
संगीतकार बिजु बज्र र गाएक सत्य राज आचार्य का साथमा गाएक अर्जुन खरेल |
0 comments:
Post a Comment