वियर पिउनुस् यी फाइदा लिनुस्...
नेपाली संस्कृतिमा वियर पिउनुलाई राम्रो मानिदैन । बियरलाई मादक पदार्थका रूपमा हेर्ने गरिन्छ । तर, पछील्लो समय वियरको प्रयोग निकै हुने गरेको छ । वियर पिउनु फाइदाजनक नभएपनि मात्रा मिलाएर खान सकेको अवस्थामा वियरले शरिरलाई फाइदा पुर्याउने अध्ययन तथा खोजहरूले देखाएको छ । यसले मुटुको समस्यामा समेत फाइदा पुर्याउँछ । यसका लागि वियर पिउने मात्रा भने मिलाउनु आवश्यक हुन्छ । शरिरलाई आवश्यक भन्दा बढी वियर पिउनाले यसले फाइदा भन्दा बेफाइदा गर्छ ।
वियर पिउनुका फाइदाहरू के-के छन्, थाहा पाऔ...
- वियरले मुटु रोगको समस्यालाई २० देखी ४० प्रतिशत कम गर्छ ।
- बियरमा भिटामिनहरू पनि हुन्छ । यसले शरिरमा आवश्यक भिटामिन प्रदान गर्छ । वियरले सबैभन्दा बढी भिटामिन बी ६ पाइने बताइन्छ ।
- वियरले मृगौलामा हुने स्टोनको मात्रालाई पनि कमी ल्याउँछ ।
- वियरले मष्तिष्कलाई पनि फाइदा पुर्याउँछ । यसले मानसिक अवस्थालाई समेत फाइदा पुर्याउँछ ।
- अल्कोहलको प्रयोगले अल्जाइमर्सको समस्यालाई पनि फाइदा पुर्याउँछ ।
Posted by खबर पाटी on 1:10 PM |
0 comments:
Post a Comment