कागतीको प्रयोग के मा कसरी गर्ने !

कागतीले सौन्दर्य र घरको शोभा बढाँउछ भनेर पुराणमा लेखिएको छ । यसले पाचन शक्ति वृृद्धि गर्छ, भोक जगाउँछ र शरीरमा स्फुर्ति बढाउँछ । यसमा पर्याप्त मात्रामा भिटामिन ‘सी’ पाईन्छ । दालसँग प्रयोग गर्दा कागतीले शररीमा लौहतत्व शोषण गर्न मद्दत गर्दछ । सधैँ कागती खाने घरका मानिस बिरामी हुदैनन् भन्ने प्राचीन मान्यता छ ।
वाकवाकी लागेमा : काटेर नुनमा मिसाएर चाट्ने ।
 उच्च रक्तचापमा : एक चम्चा रस एक कप पानीमा मिसाएर पिउने ।
 जन्डिस हुँदा : १० वटाजति पात पानीमा उमालेर पिउने ।
 घाँटी दुख्दा : उमालेको पानीमा महसँग मिसाएर पिउने ।
मुख गन्हाउँदा : रस पानीमा अलिकती हालेर कुल्ला गर्ने ।
मुखमा घाउ भएमा : रस पानीमा हालेर बारम्बार पिउने ।
दाँतबाट रगत आएमा : बोक्रा सुकाएर पिस्ने र कम नुनमा मिसाएर दाँत माझ्ने ।
चिसो लाग्दा : एक कप तातो पानीमा निचोरेर एक चम्चा मह मिसाउने र बारम्बार पिउने ।
लु लागेका बेला : दुई चम्चा चिनी ,आधा चम्चा नुन र तीन चम्चा कागतीको रस पानीमा मिसाएर पिउने ।
जुम्रा पर्दा : दुई चम्चा रस र १/२ चम्चा लसुनको लेदो बनाएर ३/४ घण्टासम्म टाउकोमा लगाउने । कपालको जरामा लेदोले मसाज गर्ने ,३ /४ घण्टापछि पखाल्ने ,जुम्रा ननिख्रनुजेल सातामा २\३चोटी repeat गर्ने ।
अपच भएका बेला :कागती र अदुवाको सानासाना टुक्रा पारेर खाने ।
यसमा पाईने अमिलो तत्व (citric acid)मा औषधिको गुण हुन्छ।
रक्सि को hang over भएमा  :.पानीमा कागती र नुन हाली २ गिलाश जति पिएमा पनि hang over कम हुन्छ ,,Alkaselzer को परिपूर्ति कागतिले  गर्दछ  ।
तौल घटाउन : बिहान बिहान खाली पेटमा कागतीपानी खाएमा पनि तौल घट्ने दाबी गरिन्छ  ।
रुघा खोकी लाग्दा : रुघा खोकी लागेको बेलामा virus को प्रभाव लाई कम गर्न vitamin c को  मात्र कागती बाट पाईने हुदा कागती हालेको लेमोन tea पिउनाले रुघाखोकी बाट आराम हुने गर्दछ ।
पसिना गन्हाउने समस्यामा : पानीमा दुई चम्चा रस राखेर नुहाउने, नुहाईसकेपछि बोक्रा काखी र खुटटामा दल्ने ।
छालाको सौन्दर्य बढाउन : अलिकती बेसन र दहीमा रस मिसाएर लगातार अनुहारमा लेप लगाउने र केहिबेरपछि धुने ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक
तथा शेयर गर्न नभुल्नुहोला !!<
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment