दवाई र औषधिले अब हुँदैन, विवाह गरेको ११ वर्ष हुँदा पनि...

भावुक योगी/उज्यालो । बर्दिया, कात्तिक ३० - बर्दियाको भुरीगाँउ बजारका दुई महिला पाँच दिनदेखि सम्पर्क विहीन भएका छन् ।
भुरीगाँउ बजारमा एनपिवी प्लाष्टिक भाँडा पसल सञ्चालन गरिररहेका नेत्रप्रसाद भट्टराईकी ३८ वर्षकी श्रीमती मेनुका शर्मा भट्टराई र उहाँकी घरबेटी रेखा कँडेल वेपत्ता हुनु भएको हो ।
कात्तिक २६ गते दिउँसो घरबेटीसँग बजारतिर हिँडेकी श्रीमती अझैसम्म घर नफर्किएपछि नेत्रप्रसाद  चिन्तामा हुनुहुन्छ । 
‘उनी हिँडेकै दिनदेखि धेरैतिर खोजी गरें, पत्ता लागेन हिजो दिउँसो पसलको गल्लामा राखेको डायरीमा लेखेको पत्र देखें ।’ नेत्रप्रसादले डायरीको पत्र देखाउँदै भन्नुभयो ‘डायरी यसो पल्टाउँदै गएको त ११ वर्ष संगै बसेँ, अब म फर्केर आँउदिन मलाई नखोज्नु भन्ने पत्र फेला पर्‍यो ।’
घरबेटी रेखा कँडेल पनि बेपत्ता भएकाले दुवै जनाका आफन्तलाई पनि खबर गरेको र कतै केही पत्तो नलागेको उहाँले बताउनुभयो ।
रेखाका श्रीमान भने वैदेशिक रोजगारीका लागि मलेशियामा छन् ।
भट्टराई दम्पतीको दोस्रो विवाह भएको ११ वर्ष भएपनि सन्तान छैनन् ।

‘मैंले गर्दा हजुरको धन सम्पत्ति धेरै खर्च भयो ।’ मेनुकाले लेखेको पत्रमा लेखिएको छ ‘दवाई र औषधिले अब हुँदैन, विवाह गरेको ११ वर्ष हुँदा पनि हजुरको विश्वास जित्न सकिन, सरी मबाट कुनै गल्ती भए माफ गरिदिनुहोला ।’ श्रीमती वेपत्ता भएपछि घरपरिवार पिरलोमा परेका छन् भन्दै उहाँले श्रीमतीको खोजी गरीदिनका लागि नेत्रप्रसादले सबैसँग आग्रह गर्नुभएको छ ।


Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment