यौनसम्पर्कले गर्दा हो कि किन हो ?
म ३१ वर्षीय विवाहित युवक हुँ। मलाई दिनहुँ यौनसम्पर्क गर्न मन लाग्छ। यसले के-कस्तो असर पुर्याउन सक्छ ? यौनसम्पर्कपछि मेरो पिसाब पोल्छ भने छाती पनि दुख्छ। मेरी श्रीमती पनि दुब्ली छिन्। यौनसम्पर्कले गर्दा हो कि किन हो ? हामीले मोटाउन के गर्नुपर्छ ?
व्यक्तिअनुसार यौन चाहना फरक भएजस्तै उनीहरूको यौन क्रियाकलापमा संलग्नता पनि फरक-फरक हुन्छ र यो स्वाभाविक हो। यौनसम्पर्कको सन्दर्भमा पनि कसैले धेरै पटक यौन सम्पर्क राख्छन् भने कसैले थोरै। आफू तथा आफ्नो यौन जोडीलाई असजिलो नहुने स्थितिमा चाहेजति यौन सम्पर्क गर्न सकिन्छ, तर पनि सामान्यतः मानिसले कति यौनसम्पर्क गर्छन् भन्ने सन्दर्भमा कुरा गरौं।
सामान्यतः धेरैजसो व्यक्तिले हप्तामा यस्तै २ दशमलव ५ पटक यौनसम्पर्क राख्छन्। विवाहको तुरुन्तै पछि जोडीले अलि बढी नै यौनसम्पर्क राख्छन्। विवाह गरेको पहिलो वा दोस्रो वर्षसम्म एक दिनमा (२४ घण्टा) एकपल्ट यौनसम्पर्क राख्नेहरू बढी हुन्छन्। त्यसपछि भने यो क्रम हप्तामा २ देखि ३ पटकमा र्झछ अनि वयस्क जीवनको लामो समयसम्म कायम रहन्छ। विस्तारै प्रौढ अवस्थामा पुगेपछि भने त्यसमा कमी आउँछ।
यौनसम्पर्क पछि मूलनलीमा सूक्ष्म चोट लागेको हुनसक्छ र विशेष गरेर वीर्य स्खलन पछि पिसाब फेर्दा त्यसको अम्लीयपनले मूत्र नलीमा केही पोलेजस्तो अनुभव हुन्छ। यसरी पोल्ने क्रम केही समयपछि आफैं कम हुन्छ। तपाईंले अन्य कुनै लक्षण छ-छैन केही लेख्नुभएको छैन। अन्य समयमा पनि यसरी पोल्छ कि पोल्दैन केही नलेख्नुभएकाले यसै भन्न सक्ने कुरा भएन।
मूत्रनलीको शोथ, मूत्रथैलीको शोथ, यौनरोग, पौरुष ग्रन्थिको सक्रमणजस्ता कतिपय स्थितिमा पनि यौनसम्पर्क पछि पिसाब पोल्न सक्छ। यौनसम्पर्क गर्दा सामान्य रूपमा छाती दुख्नुपर्ने कारण हुँदैन। अन्य केही लक्षण देखिएको छ कि छैन तपाईंले केही बताउनुभएको छैन। एकपटक यो विषयमा चिकित्सकलाई देखाउनुहोला।
सामान्यतः उचाइअनुसारको तौल छ कि छैन भनेर हेर्न Body Mass Index (बडी मास इन्डेक्स, BMI) प्रयोग गरिन्छ। यो क्ष्लमभह यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल मानिन्छ। यो २५ देखि २९ दशमलव ९ सम्म भएको स्थितिमा तौल बढी भएको मानिन्छ भने त्यो ३० भन्दा बढी भएको स्थितिमा 'मोटो' (obese) भनिन्छ। त्यसैगरी १८ दशमलव ५ भन्दा कम द्यःक्ष् भएको व्यक्तिलाई कम तौल भएको भनिन्छ।
तपाईंले श्रीमती पनि दुब्ली भन्नुभएको छ अर्थात् तपाईहरू दुवैको तौल कम छ। तपाईं र तपाईंकी श्रीमतीको उचाइ र तौल थाहा भएको भए त्यो कति कम छ भन्न सकिन्थ्यो। सामान्यतः पोषणको स्थिति ठीक नहुनु नै आवश्यक रूपमा तौल नहुनुको कारण हुन्छ। त्यसबाहेक कुनै शारीरिक तथा मानसिक बिमारी भएको स्थितिमा पनि तौल सामान्यभन्दा कम हुन सक्छ। यो तपाईंहरूलाई नै राम्रोसँग थाहा हुने कुरा हो, त्यसैले यस विषयमा पनि ध्यान पुर्याउनुहोला, तर यौनसम्पर्क गर्नुलाई नै दुब्लाउने आधार मान्न सकिँदैन। यो कार्यमा सामान्य व्यायाम गरेजति नै शक्ति खर्च हुन्छ र यसको सुखानुभूतिले तौलमा सकारात्मक असर नै पार्छ।
यौन सम्पर्क र त्यसपछि वीर्य स्खलन हुँदा धेरै नै शक्ति जान्छ भन्ने सोच हाम्रो समाजमा व्याप्त छ। वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले पर्याप्त महत्त्व पाएको छ। यो शक्ति आफैंमा ठूलो तथा महत्त्वको छ। पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई उसको शारीरीक क्रियाकलाप हेरी १८०० देखि २२०० क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति खर्च हुन्छ।
तपाईंलाई आफ्नो र श्रीमतीको तौल निकै कमजस्तो लाग्छ भने पोषणको स्थिति सुधार्नुका साथै एकपल्ट चिकित्सकसँग पनि सल्लाह गर्ने कि ? पोषणको स्थिति सुधार्न पर्याप्त शक्तिवर्द्धक भोजन गर्नुपर्छ। खाएको शक्ति क्यालोरीमा नापिन्छ। हामीले खर्च गर्ने शक्तिको तुलनामा बढी खान सकियो भने मोटाइन्छ। बढी शारीरिक परिश्रम गर्ने व्यक्तिलाई बढी शक्ति चाहिन्छ। आफ्नो शारिरीक क्रियाकलाप हेरी यस्तै २२०० जति वा केही बढी शक्ति भएको खाना खाए तौल बढाउन सहयोग मिल्छ। तपाइर्ंले व्यायाम नगरी तौल बढाउने योजना बनाउनुभएको छ भने त्यसलाई राम्रो मान्न सकिँदैन।

0 comments:
Post a Comment