=================
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई काम लाग्न सक्छ )
============
डा. दीर्घसिंह बम,
बरिष्ठ छाती रोग बिसेषज्ञ /
मानिसलाई फोक्सोसम्बन्धी लाग्ने धेरै रोगमध्ये नेपालमा फोक्सोको क्षयरोग सबैभन्दा अगाडि देखिएको छ । यसबाहेक बच्चादेखि बृद्धसम्म हुने फोक्सोका रोगमा निमोनिया, ब्रोङकाइटिस, ब्रोङकोएक्टासिस र फोक्सोका क्यान्सर हुन् । फोक्सोमा अन्य रोग लाग्दैमा सबैमा क्षयरोग भएको हो कि भन्ने डर देखिन्छ ।
केही मानिसलाई फोक्सोको रोगका कारण मुटु रोग पनि लाग्छ । यसलाई ‘कोर पल्मोनाले’ भनिन्छ । यो रोग नेपालमा पनि धेरै देखिइ सकेको छ । मुटु र फोक्सोको रोग एकै पटक लागेमा त्यो दीर्घरोग बन्न पुग्छ । विशेष गरेर उमेर ढल्केका व्यक्तिमा कोर पल्मोनालेको समस्या देखिन्छ ।
यो रोग लागेपछि श्वासप्रश्वास र रक्त संचारमा बाधा पुग्छ । त्यसैले मुटु र फोक्सोको काम गर्ने क्षमता एकै पटक घटेमा त्यसले बिरामीलाई श्वासप्रश्वासमा बाधा पुग्छ । दम भएको जस्तो हुने, हातखुट्टा सुन्निने, मुटुको क्षमता घट्ने, कमजोर हँुदै जाने हुन्छ । लामो समयसम्म फोक्सो र मुटु दुबैको काम गर्ने क्षमता क्रमिक रुपमा कम हँुदै जादा यो रोग लाग्छ ।
यो रोगबाट बच्न समयमा नै फोक्सोसम्बन्धी रोगको निवारण हुनु जरुरी हुन्छ ।
फोक्सो रोग भाइरस, व्याक्टेरिया वा एलर्जी केबाट भएको होे समयमा नै परीक्षण गरी श्वासप्रश्वासको समस्या कम गर्नुपर्छ । यस रोगको समयमै उपचार नगरे फोक्सो र मुटुको काम गर्ने क्षमता घट्छ र दुबै सुन्निने पनि हुन्छ । यो रोगकोे उपचार चिकित्सककै निगरानीमा हुनु जरुरी छ । एक्युट फेजमा बिरामीलाई अस्पतालमा नै भर्ना हुनुपर्ने हुन्छ । तर क्रोनिक भएको अवस्थामा चिकित्सकको सल्लाह बमोजिम मुटु र फोक्सोसम्बन्धी औषधि नियमित रुपमा सेवन गरे पुग्छ ।
छातीभित्र सबैभन्दा ठूलो अंग भनेको नै मुटु र फोक्सो हुन् । रक्तसंचारको सम्पूर्ण कार्य मुटुबाट हुन्छ भने श्वासप्रश्वासको काम फोक्सोबाट हुन्छ । यसबाहेक यिनीहरुको सम्बन्ध रक्तसंचार, श्वासप्रश्वास देखि लिफ्याटिक सिस्टममा पनि अत्याधिक गहिरो रूपमा हुन्छ ।
यो रोग लाग्न नदिन रुघाखोकी र एलर्जीको समयमै उपचार गर्ने गर्नुपर्छ । प्रतिकारात्मक पद्धतिमा चिसो, धुलो र धुवाँबाट बच्ने गर्नुपर्छ । साथै श्वासप्रश्वाससम्बन्धी समस्या देखिएमा तुरुन्तै सम्बन्धित चिकित्सक कहाँ जाने गर्नुपर्छ । सामान्य रूपमा रुघाखोकी लागेमा अपनाउनु पर्ने सावधानी भनेको तातो खाने कुरा खाने, न्यानो कपडा लगाउने र धेरै चिल्लो नखाने हो । यति गर्दा पनि रुघाखोकी लागिरहेमा उपचार गर्नुपर्छ ।
लक्षण
सास फेर्न गाह्रो हुने
दम आउने
ज्वरो आउने
हातखुट्टा र मुख सुन्निने
कमजोरी हुने
ओठ, मुख निलो हुने
_______________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !! —
0 comments:
Post a Comment