२३ कात्तिक, झापा ।बिर्तामोडस्थित प्रकाश घरेलु उद्योगद्धारा उत्पादित आलु चिप्सको प्याकेटभित्र मरेको मुसा भेटिएको छ ।शनिबार बुधबारे ४ जयपुर झापाका तारा भट्टराईको पसलमा स्थानीय साजन राइले खरिद गरी खान लागेको आलु चिप्समा मुसा भेटीएको हो । आलु चिप्सको उद्योग विर्तामोडस्थित खानेपानी ट्यांकी छेउमा छ ।
चिप्स खरिद गर्ने साजनले खुर्सानी भन्दै झन्डैमुसाको पुछारमा समाएर खाएको बताए । उनले भने ‘मैले कत्रो खुर्सानी हालेकोरहेछ भनेर खान खोजेको त मुसाको स्वरुप पो देखें ।’पसल धनी तारा भट्टराईले प्याकेटमा मुसा भेटीएपछि चिप्स उत्पादक उद्योगमा खबर गरेका थिए ।
तर, उद्योगका धनी पर्शु मेचेले हाँसेर टारेको उनले बताएका थिए । चिप्सको प्याकेटमा मुसा भेटिएकोबारे खबर सोध्दा साहुले गल्ती भएको बताए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।
0 comments:
Post a Comment