आजको रात कन्डम प्रयोग नगर्न सल्लाह दिने विज्ञपन विवादमा //India



मुम्बई, पारसी समुदायको जनसंख्या बढाउनका लागी प्रेरित गर्ने उद्देश्यले भारत सरकारको ‘जियो पारसी’ स्कीमलाइ प्रमोट गर्न बनाइएको विज्ञापन विवादको घेरामा परेको छ ।

यस विज्ञापनमा कन्डोमको प्रयोग नगर्न सुझाव दिइएको छ । यस बाहेक, यो पनि भनिएको छ कि यदि पारसिहरूले बिबाह गरेर बच्चा नजन्माउने हो भने छिटै पारसी कलोनी ‘हिन्दू कलोनी’ मा बदलिनेछ । 

 किन शुरू भयो क्याम्पेन ?

पारसी जनसंख्या घट्दै गएपछि चिन्तित अल्पसंख्यक मंत्रालयले जियो पारसी योजनाको घोषणा गत सेप्टेम्बर २०१३ मा गरेको  थियो । गत सोमवार यस विज्ञापनको क्याम्पेन शुरू भएको थियो । स्कीम अन्तर्गत ती जोडीहरूलाइ यी विट्रो फर्टिलाइजेशन जस्ता सुविधाहरूका लागी नि:शुल्क मद्दत दिइनेछ, जसको बार्षिक आय १० लाख भन्दा कम छ । यस स्कीमको फाइदा ती गैर पारसी महिलाहरूलाइ पनि दिइनेछ, जसले पारसी पुरुषहरूसंग बिबाह गरेका छन ।

कति छन पारसी ?  

मुम्बईमा अब मात्र ४० हजार पारसीहरू रहेका छन । सन २००१ मा मुलुकभरमा ७० हजारको आसपासमा उनीहरूको जनसंख्या रहेको थियो । पारसिहरूको बार्षकि जन्मदर २०० रहेको छ भने मृत्युदर ८०० रहेको छ। पारसि जनसंख्या कमी हुनुको कारण ढिला बिबाह गर्नु, धेरै मानिसहरूले विवाह नगर्नु, र एक सन्तान मात्र जन्माउनु र समुदाय भन्दा बाहिर बिबाह गर्नु रहेको छ ।  

के छ बिज्ञापनमा ?  

विज्ञापनमा ४० को उमेर भैसकेका ती अविवाहित पारसी पुरुषहरूको मजाक उडाइएको छ, जो अझै आफ्नी आमासंग बस्दछन, यस बाहेक ती महिलाहरूलाइ पनि व्यङ्ग्य गरिएको छ, जो निकै योग्य पुरूषको खोजी गरिरहेका छन । अहिले सम्म २० भन्दा धेरै प्रिन्ट विज्ञापन सार्वजनिक गरिसकिएको छ । विज्ञापनमा यस्ता लाइनहरू लेखिएका छन ।

-जिम्मेवार बन्नुस, आज रातमा कन्डोमको प्रयोग नगर्नुस ।  
-के यो सहि समय हैन कि तपाइँ आफ्नी आमासंग ब्रेकअप गर्नुस ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment