पत्रकारहरुलाई रक्सि पिलाऊदै MAN POWER COMPANY ले नक्कली कागजमा बिदेशमा नेपाली बेच्दै गरेको खुलासा..


काठमाडौं । लामो समयदेखि विवादमा रहेको नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा जतिनै मिलन भएको नाटक गरेपनि अझै सम्म समस्या समधान हुन सकेको छैन । समुह समुह बनेर आफ्नै व्यवसायको भण्डाफोरमा लागेका व्यवसायी प्रतिनिधिहरुको हर्कत पछिल्लो समयमा धरै बढेको छ ।
एकाएक राजधानीका विभिन्न स्थानमा नक्कली कागजात तयार पारी विदेश पठाउने धन्धामा सकृय रहेको भन्दै आरोप लागेको सो संघका पदाधिकारीहरु आफ्नो पहुँच र रवैयाँ देखाउन जुनसुकै हर्कत पनि गर्न तयारभएको पछिल्लो पटकका व्यवहारबाट देखिन आएको छ ।
संघको नाममा हुने अबैध कारोबार र रकम संकलन कार्यबाट बच्नकालागि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्ले समुहनै ‘रक्सी पाटी’ मा उत्रेको छ ।
hansa-raj-wagle
चौतर्फी रुपमा सो व्यवसायभित्र अबैध कारोबार हुने, नक्कली कागजात बनाई कामदार विदेश पठाउने र चर्को मुल्य आफ्नै सुरमा संकलन गर्ने जस्ता समाचार बाहिर आउन थालेपछि आफ्नो अबैध धन्धालाई गोप्य राख्न अध्यक्ष बाग्ले समुह नयाँ बानेश्वर, नक्साल, ठमेल, भक्तपुर र ललितपुरमा योजना सहित लागेको छ । सो समुहले गत केही दिन अधि नयाँ बानेश्वरको ‘इन्द्रेणी फुटल्याण्ड’ संघको पत्रकार सम्मेलन भन्दै फोनबाट निमन्त्रण दिइएको थियो । दिनको ४ बजे भनेको पत्रकार सम्मेलन करिब ५ बजे सुरु भयो तर पत्रकार सम्मेलन भन्दापनि व्यवसायीहरुको ‘प्रबचन’ दिइएको थियो ।
कार्याक्रममै संघका महासचिब कमल तमाङले पत्रकारहरुलाई यसै रेष्टुरेन्टमा‘कक्टेल पाटी’ को आयोजना गरेको भन्दै सूचना दिएका थिए । सो सूचना पाएपछि केही पत्रकारहरु संघका अध्यक्ष वाग्ले र महासचिब तमाङको अधिपछि लागेको दृष्य उदेगलाग्दो देखिएको थियो । 

सो संघका अध्यक्ष वाग्ले र महासचिब तमाङलेमात्र बोलेको पत्रकार सम्मेलनमा घुमाउरो पारामा बैदेशिक रोजगार सम्बन्धिका गतल विषयमा कुनै पनि समाचार नलेख्न चेतावनीको भाषा प्रयोग गरेका थिए ।
तर केही पत्रकारले त्यसो भनि रहदा ताली बजाए र समर्थन गरेका थिए । सो रेष्टुरेन्टमा बेलुका ७ बजेबाट समिति बसेका पत्रकार र बैरो संघका पदाधिकारीबीच यस व्यवसायी र व्यवसायको बारेमा ठगी र विरोधका समाचार लेख्ने पत्रकारमाथी भौतिक कारवाही गर्ने र सो पत्रकारका बारेमा त्यहा सहभागी पत्रकारले सूचना दिने गोप्य सहमति भएको समेत एक सहभागी व्यवसायीले नाम नलेख्ने सर्तमा बताए ।
वैदेशिक रोजगारीमा जानेलाई महँगो शुल्क उठाई नक्कली कागजात तयार पारी अर्कैमार्फत विदेशी भूमिमा लगी अलपत्र पार्ने काममा जिम्मेवार व्यवसायी नै संलग्न भएका कारण वैदेशिक रोजगार व्यवसायीले अनेक आरोप खेप्नुपरेको स्वयं वैदेशिक व्यवसायीहरुले स्वीकारेका छन् । यसैक्रममा अध्यक्ष वाग्लेको मेनपावर कम्पनीबाट गएका अधिकाशं मदजुरहरु स्वास्थ्य परिक्षणमा ‘फेल’ हुने गरेको स्वय उनैले स्वीकारेका छन् । यसरी मंहगो शुल्क लिने र एकमुष्ट स्वास्थ्य परिक्षणको प्रमाण पत्र समेत नक्कली बनाई मलेशिया कामदार पठाउदा स्वास्थ्यमा फेल भई विदेशी भुमीमा अलपत्र परेका छन
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment