नै सहारा बनेकी छन्, जसलाई आफ्नो बाबुको मृत्युको न खबर छ, न ज्ञान ।
बरु परिवारका सबै सदस्यको अनुहार खिन्न देखेर होला, बेलाबेला सबैलाई टोलाएर हेर्छिन् । अनि एकैछिनमा आमाको काखमा लुट्पुटिन पुगिहाल्छिन् । ‘म रुन थालेँ भने के भा’छ मामु भनेर आँसु पुछिदिन आउँछे,’ पूर्णिमाले भनिन्, ‘अनि दगुर्दै बाजे, बोईकहाँ गएर ममीलाई औषधि गर्न लैजाम् भन्छे ।’ पूर्णिमालाई श्रीमान गुम्नुको पीडा त छँदैछ, छोरीको स्याहारसुसारको चिन्ता पनि थपिएको छ । ‘छोरीलाई खुसी पारेर राख्छु भन्ने मान्छे गैजानुभो,’ उनले भनिन्, ‘अब मैले कसरी खुसी पारेर राख्न सकुँला ?’ शनिबार राति घरबाट खसेका मोहनलाई न्यूयोर्कस्थित एल्महस्र्ट अस्पताल पु¥याइएको थियो । उनको शव अहिले पनि अस्पतालमै छ । ‘ज्युँदो भेट्न पाइएन, मरेको देख्न पाए पनि कति हुने थियो, कहिलेकाहीँ त मर्नुभएको छैन होला भन्ने पनि लाग्छ ।’ अमेरिका धेरैको सपना हो । मोहनप्रसाद वलीको पनि थियो । पूर्णिमा वलीको पनि थियो। सपना सबैको पूरा हुँदैन । मोहनप्रसाद वलीको पूरा भएन । पूर्णिमा वलीको पनि पूरा भएन ।स्रोत :नागरिक न्युज
0 comments:
Post a Comment