नेपालमा एचआईभी नियन्त्रणको कार्यक्रम सुरु भएको दुई दशक पूरा भइसकेको छ। तर, अझै पनि नेपालमा यौनकर्मी र तीनका ग्राहकले कन्डमबिना नै यौन सम्पर्क राख्दा एचआईभीको संक्रमण भित्रिरहेको पाइएको छ।
विश्वका अधिकांश देशमा यौनकर्मीले कन्डमबिना यौन सम्पर्क नै राख्दैनन्। तर, नेपालमा भने कन्डमबिना यौन सम्पर्क राख्दा एकजना यौनकर्मीले ८ जना ग्राहकलाई एचआईभी संक्रमण सारिरहेका तथ्यांक बाहिर आएको छ। सार्वजनिक तथ्यांकअनुसार नेपालमा अहिले १२ सय ३५ जना यौनकर्मी एचआईभी संक्रमित छन्। त्यस्तै यौनकर्मीका ग्राहक भने झन्डै १० हजार अर्थात् ९ हजार ४ सय ८८ जना एचआईभी संक्रमित छन्।स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले नै सार्वजनिक गरेको यो तथ्यांकले के देखाउँछ भने नेपालमा अझै पनि यौनकर्मी बिनाकन्डम असुरक्षित यौन सम्पर्क राखिरहेका छन्। केन्द्रका निर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार यौनकर्मी महिलामध्ये धेरैलाई ग्राहकले नै कन्डम नलगाई असुरक्षित यौन सम्पर्क राख्न बाध्य बनाएको समेत पाइएको छ।
‘हाम्रोमा अझै ‘नो कन्डम, नो सेक्स’ भन्ने कुरा पूर्ण कार्यान्वयनमा आउन सकेको छैन,’ उनले भने, ‘जसले गर्दा यौनकर्मीसहित ग्राहक स्वयं एचआईभी संक्रमित भइरहेका छन्।’ उनका अनुसार यौनकर्मी र तिनका ग्राहकमात्र नभई कामका लागि विदेशिएका पुरुष र तिनका श्रीमतीसमेत असुरक्षित सम्पर्कका कारण संक्रमित भइरहेका छन्। सिंहले यौनकर्मीका ग्राहकदेखि विदेशिएका व्यक्तिका कारण महिलामा एचआईभी संक्रमण सरिरहेको समेत बताए।
‘एचआईभी र एड्सका कारण काम गर्ने उमेरका अधिकांश युवायुवती पीडित भएका छन्। ती मध्ये पनि महिलामा यसको संक्रमण अत्यधिक रहेको छ,’ सिंहले भने, ‘पुरुषको गल्तीका कारण महिला असुरक्षित यौनसम्पर्क गर्न बाध्य रहेका छन्।’ उनका अनुसार श्रीमान्ले बाहिर असुरक्षित रूपमा यौन सम्पर्क गर्दा श्रीमती बित्थामा संक्रमित हुन बाध्य भएका छन्। ‘बाहिर सम्पर्क गर्ने पुरुषले कन्डम लगाएर सुरक्षित तवरमा यौन सम्पर्कमात्र राख्ने हो भने धेरै हदसम्म संक्रमणको दरमा कमी आउनेछ,’ उनले भने।
युन एड्सको एचआईभी तथा एड्स कार्यक्रमले विश्वमा नै पछिल्लो १० वर्षको तुलनामा एचआईभी संक्रमित र एड्स रोगबाट मृत्यु हुनेको संख्या बिस्तारै घट्दै गएको देखाएको छ। ‘समग्रमा हेर्दा विश्वमा एचआईभी संक्रमित र एड्सबाट मर्नेको संख्यामा कमी आएको छ। तर, विश्वमा नै यो रोगबाट महिलाहरू बढी पीडित देखिएका छन् भने बच्चादेखि बुढासम्मलाई पनि यसको संक्रमणले छाडेको छैन,’ युएनको पछिल्लो अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘एचआईभी र एड्सको महामारी सन् १९९९ को तुलनामा हाल २५ प्रतिशतले कमी आएको छ।’ प्रतिवेदनले संक्रमितको संख्यामा कमी आए पनि यसको महामारी जुनसुकै बेलामा जहा” पनि देखापर्न सक्ने भएकाले सर्तकता अपनाउन सबैलाई अनुरोध गरेको छ।
नेपालमा पनि २६ वर्र्षअघि देखापरेको एचआईभी शहर हुँदै ग्रामीण क्षेत्रमा बढ्दै गएर ठूलै समस्या सिर्जना गरिरहेको छ। सन् १९८८ मा पहिलोपटक नेपालमा चारजना यौनकर्मीमा फेला परेको एचआईभीबाट अहिले हरेक दिन १५ जनाभन्दा बढी संक्रमणमा पर्ने गरेको यस क्षेत्रमा कार्यरत विज्ञ बताउँछन्। नेपालमा एचआईभी र एड्स भित्रिएपछि देशभरमा तीन हजारभन्दा बढीको मृत्यु भइसकेको र झन्डै सत्तरी हजारको हाराहारीमा एचआईभी र एड्सबाट संक्रमित रहेको बताइएको छ।
नेपालमा अहिले ४० हजार ७ सय २३ जना मानिसमा एचआईभी भएको अनुमान गरिएको छ। तर, सरकारी सेवामा आएर परीक्षण गराउनेमा भने जम्मा २५ हजार २ सय २२ जना रहेका छन्।

सरकारी सेवा बाहिर रहेका १५ हजार ५ सय १ एचआईभी संक्रमित कहाँ छन् ? स्वयं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पनि थाहा छैन। सेवा बाहिर रहेका ती संक्रमितले समेत रोग फैलाइरहेका छन्।
नेपालमा एचआईभी संक्रमितलाई हेलाको दृष्टिकोणले हेर्ने, विभिन्न अवसरबाट वञ्चित गर्ने, परिवार तथा साथीबाट पनि नराम्र्रो रूपमा हेर्नेजस्ता कारणले संक्रमित रगत परीक्षण गराउन आउन नसकेको डा. सिंह बताउँछन्। उनका अनुसार संक्रमितको रगत परीक्षणपछि उसका सम्पूर्ण कुरा गोप्य राख्ने गरिन्छ तर मानिसमा आफ्नो गोप्यता भंग हुन्छ र सबैले थाहा पाउँछ भन्ने भ्रम रहेकाले रगत परीक्षण गर्नेको संख्यामा कमी आएको हो। सार्वजनिक रूपमा आएपछि हेपिने डरले पनि रगत परीक्षण गराउन नआएको उनको ठम्याइ छ।
उनका अनुसार विगतमा यौनकर्मी र लागुऔषध सेवन गर्नेमा बढी देखिएको यो रोग अहिले रोजगारका लागि विदेशिएर फर्किएका तथा उनीहरूका परिवारमा बढी देखिन थालेको छ। ‘विशेषगरी रोजगारका लागि भारततिर गएका र तेस्रो मुलुकमा गएर फर्किएका ग्रामिण क्षेत्रका मानिसमा पनि यो रोगको संक्रमण देखापरेको छ,’ उनले भने, ‘केही वर्षअघिसम्म एचआईभी वाहकका रूपमा यौनकर्मीहरूलाई मात्र लिने गरिन्थ्यो तर अहिले लागुऔषध सेवन गर्ने, विदेशिएर फर्किएका, पुरुषले पुरुषसँग यौनसम्पर्क गर्ने, संक्रमित आमाबाट जन्मिएका बच्चा पनि यसका वाहक भएका छन्।’
केन्द्रका अनुसार नेपालमा अहिले यौनकर्मी, समलिंगी, तेस्रोलिंगीको समूह तथा सुईबाट लागुपदार्थ सेवन गर्नालाई एचआईभी एड्स संक्रमण बढी मात्रामा सर्ने गरेको पाइएको छ। सरकारी सेवामा आएकाहरूमा १५ हजार ८ सय ३७ पुरुष ९ हजार ३ सय ४४ महिला र ४१ जना तेस्रोलिंगी संक्रमित रहेका छन्। तथ्यांकअनुसार अहिले ५ हजार ९ सय ९९ गृहिणी, १८ सय ६४ बालबालिका, विदेशमा काम गरेर फर्किएका १५ सय ३८, लागुपदार्थ सेवन गर्ने ३ हजार ८, यौनकर्मी महिला १२ सय ३५, पुरुषले पुरुषलाई नै यौन सम्पर्क गर्ने ३ सय ६३, रगत तथा अन्य अंग लिनेमध्ये १ सय ५, महिला यौनकर्मीका पुरुष साथी १ सय ४७, विदेशिएका कामदारका श्रीमती ९ सय ७० र अन्य केही ५ सय ५ जनालाई एचआईभी संक्रमण छ।
डा. सिंहका अनुसार पछिल्ला वर्षमा एचआईभी भएकोको जीवन लम्ब्याउने औषधि आएको तथा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएकाले संक्रमितहरू बिस्तारै सार्वजनिक हुन थालेका छन्। उनका अनुसार हाल एचआईभी संक्रमितलाई जीवन लम्ब्याउन एन्टी रेट्रोभाइरल (एआरभी) उपचार कार्यक्रम सुरु गरिसकिएको छ। ‘एचआईभी संक्रमित व्यक्तिका शरीरमा रोगप्रतिरोधात्मक क्षमता (सीडी फोर)३०० भन्दा कम भएका व्यक्तिलाई एआरभी सेवा निःशुल्क दिने गरिएको छ,’ सिंहले भने।
एचआईभी संक्रमितले सन्तुलित खाना खाने गरेमा लामो समयसम्म बाँच्न सक्नेछन्। उनका अनुसार एचआईभी÷एड्सबाट संक्रमित भएकाहरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पोषिलो खानेकुरामा ध्यान दिनुपर्छ। संक्रमितले स्वस्थ्य र तन्दुरूस्त रहनको लागि नियमित रूपमा हलुका व्यायाम गर्ने, प्रशस्त मात्रामा आराम गर्ने, ध्यान गर्ने, तथा पोषणयुक्त खाना खाने साथै बिहानको स्वच्छ हावामा हिँड्डुल गर्ने बानी गरेमा आयु लम्ब्याउन सक्ने उनको भनाइ छ।

के हो एआरटी ?
एआरटी अर्थात् एन्टी रेट्रोभाइरल थेरापीले एचआईभीका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ। यसले एचआइभीको संक्रमण कम गराउनुका साथै शरीरको रोग प्रतिरोधात्मक शक्ति तीव्र गतिमा कम हुने क्रमलाई पनि कम गराउने गर्दछ। यो थेरापीबाट एचआइभी एड्सका रोगीले लामो समयसम्म स्वस्थ जीवन बिताउन सक्नेछन्। चिकित्सकका अनुसार यो थेरापी लिएकामध्ये १० प्रतिशतको मृत्यु हुनेछ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार विश्वभर ६ करोड ५० लाख मानिसलाई एन्टी रेट्रोभाइरल थेरापीको आवश्यकता रहेको छ।

एचआईभी र एड्स के हो ?
अधिकांश मानिसमा एचआईभी तथा एड्सलाई एउटै रोग हो भन्ने भ्रम रहेको पाइन्छ। तर, एचआइभी र एड्स फरक कुरा हो। एचआईभी सुरुवातको अवस्था हो। यसलाई ह्युमन इम्युनो डिफिशियन्सी भाइरस अर्थात् शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउने जिवाणुले आक्रमण गर्नु हो। एचआईभीको संक्रमण बिस्तारै बढ्दै जा”दा शरीरको प्रतिरोधात्मक क्षमता कम हु”दै जान्छ। केही समयपछि यसले एड्स अर्थात् एक्वायर्ड इम्युन डिफिशियन्सी सिन्ड्रोमको रूप लिन्छ। यसलाई मानिसको आर्जित प्रतिरक्षा कमजोर भई विभिन्न रोगका लक्षण देखापर्ने रोग भनिन्छ। यस रोगको बारेमा छिट्टै थाहा हुँदैन। किनकि, यसको कुनै विशेष लक्षण हु”दैन। तर, बिस्तारै यस रोगले गर्दा शरीरको प्रतिरोधात्मक क्षमता कम हु”दै गएपछि कुनै पनि रोग सन्चो नहुने हुन्छ। त्यतिबेलामात्र यो रोगबारे थाहा हुन्छ। सामान्य रूपमा भन्नुपर्दा एड्स भनेको एउटा यस्तो अवस्था हो जसमा एचआईभी संक्रमित व्यक्तिको प्रतिरक्षा शक्तिमा कमी भएर विभिन्न रोगले सजिलैस”ग आक्रमण गर्दछन्। फलस्वरूप संक्रमित व्यक्तिमा विभिन्न रोगका लक्षण देखापर्छन्।

एचआईभी सर्ने माध्यम:
असुरक्षित यौन सम्पर्क
एचआईभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंग लिँदा
सुई तथा सिरिञ्जको साझा प्रयोग
संक्रमित आमाबाट बच्चामा

यसरी सर्दैन:
लामखुट्टेले टोकेर
एउटै भाडामा खाना खाँदा
हाच्छिउँ गर्दा, खोक्दा
एउटै चर्पीको प्रयोग गर्दा
एउटै लुगा प्रयोग गर्दा
चुम्बन गर्दा
सँगै पौडी खोल्दा
बिरामीको स्याहारसुसार गर्दा
परिवारमा सँगै बस्दा
लामखुट्टेले टोकेर
एउटै भाडामा खाना खाँदा
हाच्छिउँ गर्दा, खोक्दा
एउटै चर्पीको प्रयोग गर्दा
एउटै लुगा प्रयोग गर्दा
चुम्बन गर्दा
सँगै पौडी खोल्दा
बिरामीको स्याहारसुसार गर्दा
परिवारमा सँगै बस्दा
बच्ने उपाय:
सुरक्षित यौन व्यवहार अपनाउने
सधैँ सही तरिकाले कन्डमको प्रयोग गरी यौन सम्पर्क राख्ने
सुई तथा छाला छेड्ने औजार नयाँमात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने
एचआईभी संक्रमित महिला गर्भवती नभएर
यौन रोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने
आफ्नो यौन साथीलाई पनि उपचार गराउने
अंग प्रत्यारोपण गर्न परेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भएको नभएको कुरामा विशेष ध्यान पु¥याउने
रगत दिँदा सो रगत संक्रमण भए नभएको पक्का गर्ने

0 comments:
Post a Comment