भदौ ६, (एजेन्सी) – अमेरिकाले खतरनाक रोग इबोलाको सफल उपचार गरेको समाचार प्राप्त भएको छ । अमेरिकाको एटलान्टास्थित एक अस्पतालमा इबोला भाइरसको सफल उपचार सम्पन्न भएपछी यो रोगको आतंकदेखि मानिसलाई राहत हुने बताइएको छ ।
अमेरिकामा इबोला भएका २ जना रोगीलाई उपचारपछि इबोला सङ्क्रमणबाट निको भएरै घर फर्काइएको बताइएको छ । लाइबेरियामा कार्यरत दुई जना अमेरिकी नागरिक सो सङ्क्रमणबाट सङ्क्रमित भएका र उनीहरुलाई हवाईजहाजमा विशेष व्यवस्थाका साथ अमेरिकाको एटलान्टामा ल्याई उपचार गराएका थिए । ती दुई नागरिकलाई एटलान्टाको एक अस्पतालमा शिशाको विशेष कक्षमा बन्द काठोका रुपमा राखेर उपचार गरिएको र निको भएपछि उनीहरु बिहीबार अस्पतालबाट डिस्चार्ज गराईएको समाचार छ । इबोला सङ्क्रमणलाई निकोपार्ने अहिलेसम्मकै सबैभन्दा भरपर्दो विकल्पका रुपमा यो नयाँ औषधि पत्ता लागेको भए पनि यसको उपलब्धताका बारेमा भने केही पनि बताइएको छैन ।
दुई अमेरिकी चिकित्सक केन्ट ब्रान्टी र नान्सी रिटबलले सो सङ्क्रमणको औषधि पत्ता लगाएका हुन् । नान्सी ३३ वर्षीय र रिटबोल ६० वर्षीय चिकित्सक हुन् । अफ्रिकाका विभिन्न देशहरुबाट सङ्क्रमण सुरु भई एकहजार भन्दा बढी नागरिकको ज्यान गएपछि अमेरिकामा गरिएको यो प्रयासले सफलता हासिल गरेको बताइएको छ । यो सङ्क्रमणबाट अहिलेसम्ममा कम्तीमा पनि एक हजार ३५० जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
तीन हप्ताअघि ती दुई जनालाई विशेष विमानबाट अमेरिकाको एटलान्टा लगिएको थियो । हवाईजहाज चढ्नुअघि पनि उनीहरुलाई चिकित्सकले प्रारम्भिक औषधि दिएका थिए । एटलान्टाको अस्पतालमा उनीहरुलाई तीन हप्तासम्म ती दुई चिकित्सकको निगरानीमा राखेर उपचार गरिएको थियो । उपचारपछि निको भएर घर फर्किएका ती दुई बिरामीले आगामी दिनमा सो इबोला भाइरस जनस्वास्थ्यको समस्याका रुपमा नरहेको प्रमाणित गरेका छन्– सो अस्पतालका निर्देशक ब्रस रिबनरले बताए ।
पश्चिमी अफ्रिकी मुलुकहरुमा निकै ठूलो मात्रामा सङ्क्रमण फैलिएको इबोलाबारे यो खबरले राहत दिने समाचार एजेन्सीहरुले जनाएका छन् । इबोला रोगबारे उपचारको प्रयास नै नभएको भने हैन तर आज सम्म कसैले यो रोगबाट बच्ने उपचार बिधी पत्ता लगाउन सकेका थिएनन् । अफ्रिकी मुलुकले मात्र यो रोगको निदानको लागि ठुलोमात्रामा धन राशी खर्च गरिसकेको छ भने अन्य बिकशित मुलुकका डाक्टरहरु यो रोगको उपचार खोज्न तल्लिन छन् । साथै इबोला सङ्क्रमणको नियन्त्रणक पहिलो प्रयासका लागि भन्दै विश्व स्वास्थ्य संगठनले १० करोड अमेरिकी डलर बराबरको प्रारम्भिक कोष स्थापना गरिसकेको छ ।
इबोला सङ्क्रमणबाट सबैभन्दा बढी पीडित देश लाइबेरिया हो । सो देशमा मात्र यस सङ्क्रमणबाट ५७६ जनाको ज्यान गइसकेको छ । त्यसका साथै गुयना र सेनेगलमा पनि सङ्क्रमण बढ्दो मात्रामा रहेको छ । त्यस्तै अन्य अफ्रिकी देशहरुमा पनि यसको सङ्क्रमण बढ्दो मात्रा रहेको छ । तश्विर: abcnews.go.com and edition.cnn.com
0 comments:
Post a Comment