नेपाली सांगीतिक क्षेत्रमा उदयमान गायकहरुको आगमनसंगै गायक सूर्य राई (कमल) को चर्चा परिचर्चा दिन प्रतिदिन सुन्न थालिएका छ । अत्यन्तै सुमधुर स्वरका धनी मात्र हैन सबैको ढुकढुकीमा बस्न सफल भएका यस्ता गायकको बारेमा आज कलम चलाउन मन लागेर मन बाँधेर बस्न सकिन अनि मेरहात चलाएको छु हाम्रो सानो प्रयासले देश विदेशमा लुकेर रहेका प्रतिभा र आफु अप्ठयारोमा परेकाहरुको र लुकेर रहेका प्रतिभाका लागी उन्मुक्तिको सानो शुभारम्भ सम्झनुहोला ।
बिरेश दाहाल/
सुमधुर स्वरका धनी एल्वम “चिराग”का गायक सूर्य राईको बारेमा यो लेख लेख्दैछु
रौटहट जिल्ला हरिहरपूर ८ लक्ष्मीपूर टोल बस्ने बाबा मंगल बहादुर राई तथा आमा सुन्दरी देवी राईको कोखमा जन्म लिनु भएका २७ बर्षीय सूर्य राई नेपाली सांगितिक क्षेत्रकै लागी जन्मनु भएको रहेछ । उहाँको परिवारमा दुई भाई र एक बैनी हुनहुन्छ । उहाँले त्यहाँकै स्थानीय बिधालयबाट एस.एल.सी. उत्तिर्ण गर्नुभएको थियो । हाल काठमाण्डौको बल्खुस्थित भाडाको घरमा बस्नु हुन्छ । संगीतकार राम कार्कीको रहेको चिराग मा प्रमीहरुको लागी जादुमय स्वरका धनी गायक सूर्य राईले आफनो पहिलो एल्वम सफल भएपछि आफनो दोस्रो एल्वम चिराग-२ को अन्तिम तयारीमा लागी रहनुभएको छ । सोही क्रममा सोही एल्वमको लागी “माया जो बन्द" बोलको गीतको रेकर्डिङ्ग सम्पन्न गरिसक्नु भएको छ । अरु गीतहरुको रेकर्डिङ्ग कार्य द्रुत रुपमा अघि बढिरहेको जानकारी गराउनु भएको छ । आफनो सबै गीतमा संगीत नेपाली संगीतका सफल संगीतकार राम कार्कीले दिदैं हुनुहुन्छ । आफनो पहिलो एल्वम चिराग सारङ्गी क्यासेट सेन्टरले बजारमा ल्याएको एल्वममा ५ ओटा गीत थिए । गायक सूर्य राईले कडा परिश्रम गरेर म्यूजिक भिडीयो समेत निमार्ण गर्नु भएको थियो भने उहाँ स्वयमले अभिनय गरेको छम छमि बोलको गीतले सांगितिक फाँटमा तहल्का नै मच्चाउन सफल रहयो । निकालेको ४ महिनामै आफनो चिराग एल्वम सफल भएपछि आफनो दोस्रो एल्वम चिराग-२ को लागी दिनरात खटिरहनु भएको छ । हाल आएर सोही एल्वमको लागी बिभिन्न स्टेज कार्यक्रममा आफना प्रस्तुतिहरु &पस्कदैं दर्शक र श्रोताहरुको माझमा बेग्लै पहिचाहन बनाइ सक्नु भएको छ । यत्तिबेला नेपाली सांगितिक फाँटमा सफल एल्वम चिरागका गायक सूर्य राई (कमल)ले तहल्का मच्चाउँदै हुनुहुन्छ ।गायक सूर्य राईले ६ बर्षसम्म संगीत सिकेर पनि आफूसँग पैसाको अभावका कारण आफनो प्रस्तुतिहरु दिन पाउनु भएन र एक प्रकारबाट उहाँमा नैराश्यता प्रदान भएको थियो तर आफनो पहिलो एल्वम चिरागको सफलताले आफनो दोस्रो एल्वम चिराग २ बजारमा ल्याउनका लागी रातदिन खटेर लाग्नु भएको छ । आफनो पहिलो एल्वम बजारमा ल्याउँदा उहाँले यस्तो दुःख गर्नु भयो आफनो एल्वमको लागी चाहिने आवश्यक खर्चको जोहो गर्नको लागी एउटा टक्यासी ड्राइभर गरेर दुःख गरेको तितो यर्थाथ मलिन हुदै बताउनुहुन्छ । दिनभर सांगितिक कार्यक्रममा सबैलाई झुमाएर व्यस्त रहने गायक सूर्य राई (कमल) रात परेपछि टयाक्सी लिएर आफनो गास, बास र कपासको लागी आफना यात्रीहरुलाई गन्तव्य सम्म पूराउने गर्नुहुन्छ । अहिलेपनि आफनो दैनिक गुजरा चलाउनका लागी काठमाण्डौंको बल्खुबाट साँझ परेपछि टयाक्सी लिएर बाहिर निस्कनु हुन्छ र सदाझै आफनो गरिबीको लागी घरपरिवार , छरछिमेक, साथीभाई र आफनो सांगितिक करियरको लागी संघर्षको गर्नको लागी अथक प्रयास गर्नु हुन्छ ।
यतिसम्म कि दिनमा आफनो म्यजिक भिडीयोमा मोडलको रुपमा प्रस्तुत हुन पाउँदा संसारको सबैभन्दा भाग्यमानी मै हुँ भन्ने लाग्ने उहाँ जब साँझ पर्छ गायक सूर्य राई (कमल) आफनो परिवारलाई र सांगितिक क्षेत्रलाई उचाइमा पुर्याउन लागी परे पनि उहाँलाई टयाक्सी ड्राइभर बाहेक अरु कुनै बिकल्प नै छैन विदेश लागु भने आफ्नो सांगेतिक यात्रा मर्ने हो कि जस्तो महसुस गर्दै यसरी नेपाली सांगितिक आकासका नौलौ आयाम एल्वम चिरागका गायक सूर्य राई (कमल)संग भएको कला मरेर त जादैन भन्ने चिन्ता लाग्न थालेको छ , तसर्थ सम्बन्धित निकायले यसबारेमा गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ । जसरी सांगितिक प्रस्तुति दिएर सबैलाई झुमाउने कलाकारलाई सबैले मान सम्मान गर्नु पर्ने बेला आएको छ त्यसैले सबै दाजुभाई , दिदि-बहिनी , दर्शक तथा श्रोताहरुको माया अनि देश-बिदेशमा स्टेज पाउन सफल हुनु भयो भने गायक सूर्य राई (कमल)को जादुमय स्वरले सबैलाई मन्त्रमुग्ध मात्र हैन सांगितिक आकाशमा हलचल नै मच्चाउने कुरामा कसैको दुई मत छैन । उहाँको दोस्रो एल्वम चिराग-२ को सफलताकोे कामना पनि गर्न चाहन्छौ उहाँको सांगितिक उचाइले बिना कुनै अबरोध सगरमाथाको शिखर चुमोस हाम्रो सुभकामना l साथमा भिडियो सहित
https://www.youtube.com/watch?v=P_qlhpif028#t=77
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment