दिगो शान्ति मानब भाइचारा र नेपाली पहिचान का साथ नेपाल लाइ बिश्वमाझ चिनाउदै,प्रयटन प्रबर्दन गर्दै,बुद्ध को प्रचार-प्रसार गर्दै हिडेका तिन साहसी उल्टो साइकल यात्री टोलि लाइ फ्रान्स को पेरिसमा विभिन्न शंघ/सस्था हरुले सम्मान र सहयोग गरेको छ l
केहि दिन अगाडी गैर आबासीय नेपाली शंघ ले एक नेपाली होटल सगरमाथा मा भेटघाट सहित चियापान,सुभकामना आदान-प्रदान कार्येक्रम राख्दै ३०१ यूरो सस्थाको तर्फ बाट सहयोग गरिएको थियो l नेपाली एकता समाज फ्रान्स महामहिम राजदुत मोहनकृष्ण श्रेष्ठ बिदाइ समारोह बीच साइकल यात्रीहरुसंग भेटघाट तथा सस्थाको तर्फ बाट २०० यूरो र सस्थाका सम्रक्षक तप्त भण्डारी ले बेक्तिगत ३० यूरो सहयोग प्रदान गर्नु भएको थियो l १७ तारिक तमु समाज ले आयोजना गरेको तिज बिशेष बनभोज कार्येक्रममा उपस्थित नेपालीहरु ले बिश्व यात्री बिरेश दाहाल बरुण अधिकारी र बजिन्द्र महरा लाइ सफलताको सुभकामना सहित बेक्तिगत सहयोग संग्कलन गरि १५० यूरो सहयोग तुलराम तमु ले हस्तान्तरण गर्नु भएको थियो l
उक्त्त बनभोज कार्येक्रम मा नेपाली राजदुतावास लगाएत बिभिन्न शंघ,शस्थाका पदाधिकारी ले मन्तब्य मा प्रथम उल्टो साइकल यात्री बिरेश दाहाल लाइ बिश्व क्रितिमानी गिनिज रेकर्ड राखी नेपाली माझ खुशी बाढ्न सफल रहनु होस् भनि सुभकामना दिदै बाक्लो नेपालीको उपस्थिति रहेको कार्येक्रम मा विभिन्न खेल प्रतियोगी लाइ पुरस्कार समेत प्रदान गरिए को थियो,साइकल यात्री का तर्फ बाट बोल्दै बिरेश दाहाल ले छिटै बिश्व कृतिमान राख्न लन्डन को यात्राले सफलता हासिल गर्ने बताउनु भयो,भने अबको यात्रा स्पेन,पोर्तुगल भएर लन्डन हुदै ब्राजिल को यात्रा रहेको जानकारी गराउदै सम्पूर्ण सहयोगी नेपाली हरुलाई धन्यबाद बेक्त गरेका छन् भने कार्येक्रम मा एकता समाजका सल्लाहकार तप्त भण्डारी ,नेपाली साहित्य समाज को सभापति दिपक चलिसे , एन ,आर , एन अधक्क्ष घनश्याम पौडेल नेपाली दुताबासका कार्यबाहक राजदुत रामबाबु ढकाल लगायत बिभिन्न पेसामा आबद्ध नेपाली समुदाय को उपस्थिती रहेको थियो l
0 comments:
Post a Comment