क्यानडाः FSW प्रणाली अन्तर्गत हाल सम्म दुइ हजार आबेदन मात्रै, २३,००० अझै बाँकी

टोरोन्टो । क्यानडाको बहुप्रचलित दक्ष जनशक्ति प्रणाली (Federal Skilled Worker Program) अन्तर्गत आगामी डिसेम्बर महिनासम्ममा २५,००० आवेदन लिइने भनिएकोमा हालसम्म १,८९१ जनाको मात्र आवेदन परेको छ ।
गत मे ४ तारिख देखि पुनः प्रारम्भ भएको उक्त FSW प्रणाली अन्तर्गत क्यानडा सरकारले आगामी डिसेम्बर महिनासम्ममा ५० वटा व्यवशायमा कामको अनुभव प्राप्त गरेका व्यक्तिहरुबाट २५,००० वटा आवेदन लिने र त्यसमध्ये पनि हरेक व्यवशायमा बढीमा १,००० आवेदन लिइने समेत जनाइएको थियो । तर चार महिना बित्न लाग्दा पनि दुई हजार आवेदन पर्न सकेको छैन ।
क्यानडा सरकारको वेभ साइटमा जनाइएअनुसार सबैभन्दा बढी आवेदन कम्प्यूटर प्रोगामर (४०४ आवेदन) परेको छ भने त्यसपश्चात ३८२ आवेदन फाइनान्सीएल एण्ड इन्भेष्टमेन्ट एनालाइसिस्टको परेको छ । अन्य प्रचलित व्यवशायहरुमा दुइ सय भन्दा कम आवेदन परेको छ ।
वेभसाइटमा जनाइएअनुसार निम्न लिखित व्यवशायहरुमा सबैभन्दा बढी आवेदन परेका छन्ः
OccupationApplication #
Computer programmers and interactive media developers404
Financial and investment analysts382
Software engineers and designers188
Mechanical engineers137
Information systems analysts and consultants132
Computer network technicians99
Civil engineers75
Electrical and electronics engineers69
Financial auditors and accountants56
Physiotherapists54
Financial managers52
Registered nurses and registered psychiatric nurses29
Professional occupations in advertising, marketing and public relations23
Other financial officers21
University professors and lecturers19
Purchasing managers18
Senior managers – financial, communications and other business services17
(Source: http://www.cic.gc.ca)
आवेदनको संख्या घट्नुमा अंग्रेजी भाषा परिक्षा (IELTS-GT) को हरेक विधामा ६ वा सो भन्दा बढी स्कोर ल्याउनु पर्ने र सो भन्दा पनि महत्वपूर्ण IELTS परिक्षाको लागि date नै नपाउनु रहेको क्यानेडिएन इम्मिग्रेशन सल्लाहकार मिलन कार्की बताउँछन् ।
“मूलतः IELTS को date नै पाउन गाह्रो छ भने एक पटक IELTS मा ६ स्कोर गर्न सकेन भने तुरुन्त अर्को IELTS test दिन सकिने सम्भावना पनि रहेन । अर्कोकुरा क्यानडाको एजेन्सीमा आफ्नो अध्ययनको evaluation गराउनु पर्ने लगाएतका झंझटले पनि धेरै आवेदकहरुलाई दिक्क बनाएको छ,” कार्कीले बताए ।
मिलन कार्की, क्यानेडिएन इम्मिग्रेशन सल्लाहकार
मिलन कार्की, क्यानेडिएन इम्मिग्रेशन सल्लाहकार
२०१५ देखि क्यानडाले Express Entry प्रणालीमार्फत आवेदन प्रारम्भ गर्ने र त्यसमा भने सबै प्रकारका व्यवशायीहरुको आवेदन लिइने समाचारसूत्रले जनाएको छ ।
नेपालीहरुको सपनाको मुलुक रहेको क्यानडामा गत एक दशकदेखि बिभिन्न इम्मीगे्रशन प्रणाली मार्फत बर्षेनी करिब एक हजार नेपालीहरुले स्थायी बसोवास भिसा पाइरहेका छन् ।
नेपालीहरुले राम्रोसँग अंग्रेजी भाषाको ज्ञान लिएर सीपमूलक तालिमहरु प्राप्त गरेको खण्डमा क्यानडा पुग्नु ठूलो कुरा नभएको कार्कीको तर्क छ ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment