योनि कत्रो हुन्छ ?
कतिपयले योनिलाई मात्र यौनअङ्ग मानन्छन्। भगक्षेत्रमा भएका अन्य यौन अङ्गहरूलाई सामान्य बोलीचालीको भाषमा योनि भन्ने चलन छ तर त्यो कुरा सत्य होइन। भगक्षेत्रलाई बाहिरबाट हेर्दा छालाको दुई पत्र एक अर्कामा टाँसिएको जस्तोमात्र देखिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं। महिलाहरूमा यही भगको माथी पट्टी बोसोयुक्त तन्तुले बनेको क्षेत्र mons pubis (मोन्स प्युविस) हुन्छ जसले नै यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। भग क्षेत्रमा भएको छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगाङ्कुर तथा योनिद्वार जस्ता विभिन्न अङ्ग देख्न सकिन्छ। भगक्षेत्रमा दुईवटा द्वार (प्वाल) हुन्छन् र त्यसमध्ये पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ।
यौन उत्तेजनाको बेला योनिको भित्ताबाट रस निस्कन्छ र त्यसले चिप्लो बनाई यौन सम्पर्क गर्दा लिङ्ग भित्र बाहिर गर्न सजिलो बनाउँछ। यसरी योनिरस आउनुले पुरुषको लिङ्ग उत्थित भए जस्तै युवती उत्तेजनाको स्थितिमा भएको संकेत गर्छ। योनि मार्गको बाहिरी एक तिहाई भाग यौन संवेदनशील हुन्छ।
के ठूलो योनिले समस्या पार्छ ?
तपाईले आफ्नो योनिलाई कुन अर्थमा ठूलो भन्नुभएको हो स्पष्ट भएन। योनिको नाप वा गहिराइलाई नै भन्नु भएको हो कि अन्य अङ्गलाई। अनि कसरी योनिमार्गको गहिराईलाई नाप्नु भयो भन्ने कुरा पनि थाह भएन। कतै यौन सम्पर्कका बेलामा खुकुलो भयो भनेर पो त्यसो भन्नुभएको हो कि ?
व्यक्तिअनुसार लिङ्ग वा योनिको नाप र आकारमा धेरै भिन्नता हुन्छ। ऋषी वात्सायनले पनि नापलाई आधार बनाएर लिङ्ग तथा योनिको वर्गिकरण गरेका छन्। सामान्यतया उत्तेजित अवस्थामा लिंगको लम्बाइ यस्तै ५.९ (धेरै जसोको ५.२५ देखि ६.२५) इञ्चको हुन्छ। बुझ्नु पर्ने तथ्य के हो भने योनि मांशपेशीले बनेको एकदमै तन्किन सक्ने गुण भएको नली आकारको अङ्ग हो जसको सामान्यतया लम्बाइ ३ देखि ४ इञ्च हुन्छ।
सामान्य अवस्थामा यसको भित्ताहरू एकअर्कासँग टाँसिएका अवस्थामा भए पनि लिङ्ग प्रवेश गर्दा यसले त्यसका लागि स्थान दिन्छ तर पनि एक किसिमले समाएर नै राखेको हुन्छ। एक छिन विचार गर्नु होस् त, कुनै ठूलो आकारको कुरा मुखमा हालियो भन्दैमा त्यो सधैँ खुकुलो भएर सानो कुरा च्याप्नै नसक्ने गरेर खुकुलो हुन्छ र ? पक्कै हुादैन। त्यसैले योनि ठूलो भयो भन्दैमा समस्या पर्ने होइन। यदि तपाईंले खुकुलोपनको कुरा गर्नु भएको हो भने योनिको मांशपेशीलाई कडा राख्न केगेल कसरत गर्नु एउटा राम्रो उपाय हो।
0 comments:
Post a Comment