कुन साबुनले हात धुनु हुन्छ ?ब्याक्टेरिया विरुद्धका साबुन हानिकारक !कुन साबुनले हात धुनु हुन्छ ?

काठमाडौ, भाद्र : सफासुग्घर हुनलाई, विशेष गरी हातको स्वच्छताका लागि, अचेल ब्याक्टेरियाविरुद्ध प्रभावकारी भनिएका साबुनहरूको विज्ञापनको बाढी नै आउन थालेको छ। त्यस्ता साबुनहरूको उपयोगबाट फाइदा मात्रै नहुने रहेछ।
एउटा पछिल्लो अनुसन्धान अनुसार, ब्याक्टेरियाविरुद्घ भनिएका साबुन (एन्टिब्याक्टेरियल सोप) मा केही यस्ता रसायनहरूको उपयोग गरिएको हुन्छ, जसले गर्भमा रहेका शिशु र नवजातको शारीरिक विकासमा प्रतिकूल असर पार्ने गर्छन्। यो अध्ययन 'अक्युपेसनल एन्ड इन्भायरमेन्टल मेडिसिन' मा प्रकाशित छ।
साबुन, सौन्दर्य प्रसाधन, डन्डीफोर निको पार्ने क्रिम, केही टुथ पेस्टसहित सयौं उपभोक्ता उत्पादनमा ट्राइक्लोसन नामक एन्टिब्याक्टेरियल एजेन्ट प्रयोग गरिएको हुन्छ।
ट्राइक्लोसन स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न गर्न सक्ने तत्त्व हो। त्यस्तो एन्टिब्याक्टेरियल एजेन्ट प्रयोग गरेर बनाइएका साबुन उपयोग गर्नाले थुप्रै जोखिम हुन सक्छ। उक्त अध्ययनमा ट्राइक्लोसन नभएका साबुन उपयोग गर्ने सल्लाह दिएको छ। सामान्य साबुनपानीले हात धुनु राम्रो हो।
अमेरिकास्थित फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले ट्राइक्लोसनको असरबारे समीक्षा गरिरहेको छ।इकान्तिपुर
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment