इजरायलले पाँच हजार नेपालीलाई निसुल्क तालिमका लागि लादै,,मासिक १ लाख पनि हर महिना

काठमाडौँ । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत यारोन मेयरले विकासका लागि कृषि नै उपयुक्त माध्यम भएको बताएका छन् । यही साता मात्र इजरायल बाट राजदूतको कार्यभार सम्हाल्न नेपाल आएका यारोन मेयरले आफ्नो कार्यभार समाले लगत्तै आर्थिक विकासका लागि कृषि उपयुक्त तरिका भएको बताएका हुन् ।  

राजधानीमा किसान विकास बैंकले संयुक्तरुपमा सञ्चालन गरेको कृषि प्रशिक्षार्थी र्यक्रमअन्तर्गत इजरायलका विभिन्न कृषि तालिम केन्द्रमा १० महिने तालिममा सहभागी हुने युवा विद्यार्थीका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै राजदूत मेयरले यस्तो बताएका हुन् ।

मेयरले नेपालका कृषि विकासको प्रचुर सम्भावना भएको उल्लेख गर्दै नेपालको युवा कृषकहरू बाट उत्पादन र उत्पादकत्वमा व्यापक वृद्धि गर्न सक्ने बताए । राजदूत मेयरले नेपालका विद्यार्थीले इजरायलमा गएर प्रदर्शन गरेको काम प्रतिको समर्पण, मेहनत र कौशलताका कारण आफ्नो देशको सरकारले नेपाली प्रशिक्षार्थीेका लागि यो वर्ष तालिम कोटामा बढाएको समेत जानकारी दिए ।

इजरायल सरकारको सहयोगमा किसान विकास बैंकले गत वर्ष २०५ विद्यार्थीलाई उक्त तालिममा इजरायल पठाएकामा यो वर्ष ५०१५ जनालाई पठाउने कार्यक्रम छ । तालिम सँगै प्रशिक्षार्थीलाई मासिक रु एकलाख बढी तलब पनि प्रदान गरिन्छ ।

इजरायल बाट पछिल्लो साता नेपाल आएका नव नियुक्त राजदूत मेयरले राष्ट्रपति डा रामवरण यादवसमक्ष आगामी बिहीबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment