राम कृष्ण उपाध्याय, काठमाडौँ, २७ भदौ । धेरै इसार्इ मित्रहरु र मौलिक धर्म प्रेमीलार्इ पनि लाग्न सक्ला कि हिन्दु जागरण नेपालले किन इसाई प्रति घृणा गरेको भनेर, यसका कारणहरु छन्।
१ हामी सामाजिक प्राणि हौ, त्यसैले हामीले अरु संग जस्तो व्यवहार गर्छौं त्यस्तै सकारात्मक व्यवहार खोजेका हुन्छौं । देख्नमा के आएको छ भने इसाई मित्रहरुको पर्व क्रिसमस डे मा हामी नेपाली शुभकामना दिन्छौं तर इसाईहरु थ्रेट जारी गर्छन कि दशैँ तिहार जस्ता पर्वमा शुभकामना दिनु हुन्न । किनकी हामी मुर्ति पुजक हौँ भनेर ?
२. हामी चर्चमा गएर पनि हाम्रै र्इश्वरलाइ सम्झाउने स्थल हो भनेर आदर सम्मान गर्छौं तर हाम्रा देवी देवताका स्थलमा आजसम्म नेपाली इसाई जान रुचाउदैनन, जाने जतिलार्इ निन्दा गर्छन ।
३. हामी मौलिक धर्म प्रेमी सबैको सुख दुखमा साथ दिन्छौं तर इसाई त्यस्तो समयमा पनि हाम्री धर्मको मान्छे हैन भनेर वास्ता नगरेको देखिन्छ । कदाचित गरे भने पनि धर्म परिवर्तन गर्न प्रेरणा दिन बाँकी राख्दैनन् ।
४. मौलिक धर्म मान्ने या नमान्नेले खोलेका रोजगार दाता व्यवसाय, कम्पनि कार्यालयमा कहिले पनि तँ कुन धर्म मान्ने होस् ? भनेर सोधिन्न, उसको योग्यता हेरेर र अनुकुल मिलाएर रोजगार दिने गर्दछन । तर इसाईले खोलेका कुनै पनि प्रोजेक्टमा माथिल्लो निकायमा पुग्न या निरन्तर काम गर्न इसाई नै बन्नु पर्ने बाध्यता सिर्जना गरिन्छ । यसको उदाहरण हाम्रै भागवत सेवा संघका सदस्य पनि छन् । अरु पनि हुन सक्छन ।
५. इसाईले खोलेका कुनै पनि स्कुलमा हिन्दुहरु या मौलिक धर्म मान्नेलार्इ योग्यताको आधारमा काम दिइन्न बरु उसले धर्म परिवर्तन गर्यो भने मात्र काम दिइन्छ । नेपालका हरेक इसाई स्कुलमा गएर हेर्दा हुन्छ । जब कि मौलिक धर्म मान्नेले खोलेका स्कुलमा यस्तो कुनै हालत ले पनि गर्दैनन् ।
६. इसाई भए उपचार खर्च छुट, नभए पुरा शुल्क लिने परम्परा इसाइले खोलेका प्रत्येक अस्पतालमा देख्न सकिन्छ । सुन्नमा आएको छ कि यो काममा पाटन अस्पताल ललितपुरको विशेष भूमिका छ । केहि नगरी पक्कै नाम आएको हैन होला ।
लालगढ धनुषाको अस्पताल पनि यस्तै नै हो । स्पस्ट भन्नु पर्दा यस्ता स्कुल र अस्पताल इसाई बनाउने कारखाना नै हुन् । आखिर किन यस्तो गर्छन् ? धर्मको नाममा भेदभाव । १११ जबकी हिन्दुले आजसम्म कुनै इसाई उपचार गर्न आयो भने भेदभाव गरेको छैन ।
लम्जुंग सामुदायिक अस्पतालमा त हिन्दुले सिडिओ कार्यालयमा गएर धर्मको नाममा भेद भाव गरेर तलब कम दिएको ज्ञापन पत्र बुझाएकै हुन् ।
७.कोर्इ व्यक्ति राजीखुसीले अन्य पन्थ या धर्ममा लाग्दछ भने कसैको टाउको दुख्नु पर्ने कारण छैन तर इसाईहरु हरेक घर घरमा गएर हाम्रैमा लाग्नु होस् भनेर किन दबाब पनि गर्छन ?
८. मान्छे हो, कहिले बिमार हुन्छ, कहिले ठिक हुन्छ । तर बिमार भएका व्यक्तिलाइ तिमीहरुले शैतानको पुजा गरेकोले रोग निको नभएको भनेर किन हाम्रो आस्था मा चोट पुर्याउछन् ?
एकातिर चंगाई गर्नाले प्रार्थना गर्नले या हाम्रो धर्ममा लाग्यौ भने रोग निको हुन्छ भन्ने अर्का तिर जताततै अस्पताल खोल्दै हिड्ने । किन दोधारे प्रवृत्ति ?
९. सबै देशको आफ्नो पहिचान हुन्छ, संस्कार हुन्छ, त्यसलाई जोगाउनु हामी सबैको दायित्व हो । तर इसाई सकेसम्म पुरा प्रयाश गरेर किन मेटाउन खोज्छन ? के हाम्रो पशुपतिनाथको मन्दिर लगायत नेपालका प्राचिन मन्दिरमा कोइ जाने नहुने हो ? के यी सबैलाइ धर्मको नाम दिएर भत्काउनु पर्ने हो ? के पुरातात्वीक सम्पदाको संरक्षण गर्दा अधर्म हुने हो ? के बुद्धको नाम लिदा नरक जानु पर्ने र मुक्ति नमिल्ने हो ? आखिर किन यस्तो दुस्प्रचार गर्छन ? भर्खर इसाई बनेका व्यक्तिले यी सबै कुरा को खण्डन गर्नु पर्ने हो ? के यहि हो राष्ट्र प्रति को प्रेम ? जसरी भए पनि यहाँ सबै प्राचीन तत्व मेटाएर इसाईवाद लाद्नु ?
१०. सबै धर्म को मुख्य मर्म भनेको मानवीय धर्म हो । प्राणी मात्रमा दया हुनु र संरक्षण गर्नु हो तर इसाईमा किन मानवीय भावना निस्वार्थ रुपले देखिन्न ? आफ्नै गुट मात्र तयार गर्ने भावना प्रबल किन देखिन्छ ?
११. धर्मू परोपकारी र अरुको भावनालार्इ सम्मान गर्ने हुनु पर्दछ , तर इसाईहरु अरुको अस्तित्व किन स्वीकार्न सक्दैनन् । भेटे सम्म गुम्बालाइ पनि आलु गोदाम बनाउन किन लागिपरेका छन् ?
१२. इसाई केवल धर्म प्रचार गर्नु र सेवा गर्नु नै हो भने किन अस्ति गएको चुनावमा फाल्नुलार्इ मात्र भोट हाल्नु भनेर टेलिभिजन मा नै थ्रेट जारी गरे ? सेवा गर्ने र सुसमाचार सुनाउन राजनीति गर्नु पर्छ ?
१३. जब जब धर्म निरपेक्षको बिरुद्ध आवाज उठ्छ त्यो त्यो बेलामा सबै भन्दा बढी इसाईलाइ किन पेट पोल्छ ? बाँसै बाँस भएको ठाउलार्इ बाँसबारी र सल्लाको रुखै रुख भएको ठाउलार्इ सल्लाघारी नभनेर के सिस्नुघारी भन्नु त ? के हिन्दु बाहुल्य भएको स्थानमा हिन्दु रास्ट्र भन्दा तिनीहरुलार्इ किन अप्ठ्यारो परेको ?
यदि वास्तवमा नै इसाई धर्म निरपेक्षको वकालत गर्ने हुन् भने विश्वमा इसाई राष्ट्र किन यति धेरै ? किन इसाई राष्ट्रले धर्म निरपेक्ष रास्ट्र भनेर आफ्नो राष्ट्रलाइ घोषणा गर्न सक्दैन ? अनि देखाउने दाँत र चपाउने दाँत किन फरक गर्दछन इसाईहरु ?
१४. श्रीमती ज्यु । तपाइँ येशुलाइ मान्नु हुन्छ भने मान्नुस, तर हाम्रो यो सानो बच्चालाइ आमाको माया देखि बन्चित नगर्नुस भन्दा बटारिएर तैले नै जसरी भए पनि हेर, कि भने तँ पनि इसाई बन, मुर्ति पुजा गर्न छोड भनेर श्रीमान्लार्इ किन धम्क्याउछन् र धम्क्याउन सिकाउछन् इसाईहरु ? यस्ता त कयौं पीडित छन् हाम्रो समाजमा ।
धर्मले समाजलाइ जोडदछ, तोडदैन । जो तोडदछ त्यो धर्म हैन ।
यस्तै यस्तै अनेकौं कारणहरु छन् ।।।
अब इसाई मित्रहरुले नै भन्नुस कि यो सब गलत हो भनेर,हुनसक्छ की इसाईका पनि १५६ वोटा ग्रुप छन् भनेर सुनेको छु । ती मध्ये कोइ सज्जन पनि होलान, तर एउटा बाइबल, एउटा येशुका भिन्न भिन्न बिचार राख्नेहरु, आखिर हाम्रो नज़रमा त इसाई नै हुन् ।
के यसो हुनु ठिक हो ? अनि तपाइँ इसाईहरु हामीलार्इ यत्ति धेरै चोट दिएर पनि हिन्दु चुप लगेर बस्नु भनेर भन्न सक्नु हुन्छ ? अहिले त हामीले केहि मात्रामा बिरोध गरेका हौँ यदि तपाइँ पनि हाम्रो स्थानमा बसेर सोच्नुहोस । के यस्तै व्यवहार तपार्इँ लाइ भएको भए चुप लाग्न सक्नु हुन्थ्यो ?
अलि अलि चोट लाग्दा मान्छे त्यत्ति चिच्याउदैन, जब गोडामा चोट पनि लाग्नु अनि जिउमा आगो पनि सल्किनु हो भने त्यो मान्छे ले के गर्छ भन्नु त ?
न कराए , नचिच्याये , आँखा चिम्लेर ध्यान गर्छ त ।।
हो अहिले सम्म इसाईहरुको प्रति मौलिक धर्म मान्नेले प्रतिकारात्मक शब्दको प्रयोग यसैको उपज हो । अन्यथा यहाँ कोइ पनि बहुला छैनन् ।
चेतना होस् ।
हिन्दु जागरण नेपाल ।
प्रश्नहरु एकदम जायज छन । तर बूँदा नं. ३ को 'बाँसघारी, सल्लाघारी र सिस्नोघारी' को कुरा जो छ लेखक महोदयलाई सानो प्रतिप्रश्न- यदि बाँस, सल्ला, सिस्नो आदि सबै सँगै भएको ठाउँलाई के घारी भन्ने नि? धर्मनिरपेक्ष राष्ट्र भन्दा आपत्ती किन नि?
ReplyDelete