काठमाडौं । सिन्धुपाल्चोकमा पहिरोले थुनिएको सुनकोशी नदीमा बनेको कृत्रिम ताल फुटेको छ । आइतबार एकाबिहानै ताल फुटेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
घटनास्थलमा रहेका प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार ताल बनेको पानी एकैपटक बग्दा सुनकोशी नदीमा बाढी आएजस्तै गरी ठूलो पानी बगेको छ ।
ताल फुट्दा मानवीय क्षती नभएको, तर भौतिक क्षती भने भएको प्रहरीले जनाएको छ । नेपाली सेनाले ताल फुटाउन प्रयोग गरेको गाडी बगाएको छ ।
तल्लो क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहानको तुलनामा अहिले नदीमा पानीको सतह केही कम भएको छ ।
तर खतरा टरिनसकेको प्रहरीले जनाएको छ । ताल फुटेपछि खोलामा बढेको पानीको सतहले लामासाघुमा रहेको एउटा पुल बगाएको छ । ताल बिहान ४ बजेको समयमा फुटेको हो। नेपाली सेना र प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment