Singer Anju Panta |
नेपाली सुगम संगीतकी चर्चित गायिका अञ्जु पन्तले दशैंको गीतलाई हिन्दुवादी गीत भन्दै गाउन अस्वीकार गरेको खुलासा भएको छ । चर्चित रचनाकार एवं नेपाली कला डटकमका सम्पादक सूर्यकुमार क्षेत्रीका अनुसार गायिका अञ्जु पन्तले गीतकार सहदेव कोइरालाको रचनामा रहेको गीत नगाउने भन्दै स्टुडियोबाटै फर्केकी हुन् ।
नेपाली भाषामा हजारौं गीत गाइसकेकी अञ्जुले दशैंको गीत गाउन भने अस्वीकार गरेकी हुन् । यस्ता गीत गाउन आफू जस्ता ब्यवसायीक कलाकारले नमिल्ने भन्दै गाउन अस्वीकार गरेको सम्पादक क्षेत्रीले जानकारी दिए । मालश्री रेकर्डिङ स्टुडियोमा गीत गाउन पुगेकी अञ्जुले गीतको बोल सुनेपछि गीत नगाउने भन्दै हिँडेको गीतकार कोइरालालाई उद्धृत गर्दै सम्पादक क्षेत्रीले बताए ।
दुर्गामाताको आशिर्वाद बोलको गीत अञ्जुले गाउन अस्वीकार गरेकी हुन् । अञ्जु क्रिष्चियन धर्मकी अनुयायी हुन् । उनले आफू चर्चमा गएर प्रवचन सुन्ने गरेको त सार्वजनिकरुपमै बताउँदै आएकी छिन् तर गीतलाई नै हिन्दुवादी भनेर गाउन अस्वीकार गरेको भने संभवत पहिलो घटना हो । संभवन नेपालमा कसैले पनि धर्मको आधारमा गीत गाउन अस्वीकार गरेको समेत यो पहिलो घटना हुन सक्छ । यस विषयमा जानकारी लिन गायिका अञ्जु पन्तसँग सम्पर्क गर्न खोजेको नेपाली हेडलाइन्सको प्रयास सफल हुन सकेन । -source nepali online
0 comments:
Post a Comment