काठमाडौं, २५ भदौ । केही समयअघि प्रहरी इन्काउण्टरमा मारिएका गुण्डानाईके दिनेश अधिकारी चरीकी प्रेमिकाको रुपमा चर्चा रहेकी खुश्बु ओली हाल शुद्धीकरण अनुसन्धान विभागको छानविनको दायरामा छिन् । अवैधानिकरुपमा अकुत सम्पति कमाएको आशंकामा चरीमाथि अनुसन्धान चलिरहँदा उनको मृत्यु भएपछि अनुसन्धान खुश्बुतर्फ मोडिएको हो ।
सोही कारण प्रहरीले खुश्बुलाई राजधानी बाहिरसमेत जान नदिनको लागि निगरानी बढाईरहेको खबर सार्वजनिक भइरहँदा खुश्बु भने सुटुक्क लण्डन पुगेकी छिन् । उनी आफू आवद्ध एनजिओको बैठकका लागि लण्डन पुगेको त्यहाँस्थित उनी निकट स्रोतले नेपालीको न्यूजलाई जानकारी दियो ।
खुश्बुले केहीबेर अघि फेसबुका स्टाटस नै लेखेर आफू लण्डनमा रहेको जानकारी दिएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘भोलि मेरो जीवनकै एक महत्वपूर्ण बैठक ! आशा छ, राम्रो हुनेछ र केही विशेष सन्देश केही विशेष व्यक्तिलाई । मलाई थाहा छ, मेरो बारेमा नलेखी तपाईंको दुई पाना बिक्दैन । म त समाजसेवी मान्छे, मेरो बारेमा लेख्दा तपाईंको खाने बाटो बढ्छ भने मरणोपरान्तसम्म लेख्नुस् । भगवानले कृपा गरुन् । मलाई त आशिस लाग्छ मैले गर्दा मान्छेको घरबार चल्छ, हा हा हा । केही छैन । म संयुक्त अधिराज्यमा छु । कमसेकम अलिकति त मिहिनेत गर्नुस् जथाभावी समाचार लेख्ने भएपनि । भगवानले सद्बुद्धी देओस् ।’
यता प्रहरीले भने उनलाई विशेष निगरानीमा राखिएको बताएको छ । कुनै पनि नागरिकमाथी अनुसन्धान भइरहँदा त्यसमा नजर राख्नु स्वाभिक भएको र खुश्बुको आर्थिक गतिबिधिसँगै चरीको शंकास्पद आर्थिक गतिबिधिको लिंक समेत जोडिएकोले उनीमाथि निगरानी भइरहेको प्रहरी स्रोतले बतायो । source nepalikhabar site blog
0 comments:
Post a Comment