यसअघि मुलुकका आठँ जिल्लाबाट इजरायल गएका किसानका २ सय ५ जना छोराछोरी तालिम लिई नेपाल फर्केका छन् । कृषि पेशाबाट विमुख भैरहेको युवा जनशक्तिलाई उन्नत कृषिप्रणालीका आधारभुत सीप र ज्ञान प्रदान गर्ने उदेश्यले नेपालस्थित दुतावासले साना किसान विकास बैंकसँग सहकार्य गरी किसानका २ सय ५ जना छोराछोरी लाई इजरायल पठाएको थियो । साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम अन्र्तगत पठाइएका युवाहरुलाई दिगो व्यावसायिक कृषितर्फ आकषिर्त गराउने मुख्य उद्देश्य थियो ।
दुतावासद्धारा शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताइए अनुसार, साना किसान कृषि सहकारी संस्थामा आवद्ध २ सय ५ जना युवारयुवतीहरुलाई इजरायलका विभिन्न कलेज, कृषि तालिम तथा अनुसन्धान केन्द्रहरुमा १० देखि ११ महिनाको उन्नत कृषि तालिममा सहभागी गराइएको थियोप्रशिक्षार्थीहरुले कलेज तथा तालिम केन्द्रमा हप्ताको १ दिन अध्ययन गरेका थिए भने ५ दिन कृषि फार्महरुमा प्रयोगात्मक कार्य गराइएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । काम गरेवापत उनीहरुलाई इजरायली नियमानुसारको पारिश्रमिक समेत दिइएको थियो ।
गएकामध्ये ५ जनालाई किन्नरेट कलेज र आस्केलेन कलेजले टोली नेताको रुपमा यस बर्ष इजरायलमै राख्ने भएको दुतावासले जनाएको छ भने फिर्ता आएकामध्ये ३ जना विद्यार्थीहरु अन्य कलेजको टोली नेताका रुपमा पुनः इजरायल लैजादैछ । उनीहरुले अब जाने थप ५ सय १५ युवा किसानलाई सघाउनेछन् । सरकारले यस अभियानले व्यावसायिक कृषिमा युवाहरुको आकर्षण हुने अपेक्षा लिएको छ ।
0 comments:
Post a Comment