मिति : २०७१ भदौ, २४ मंगलबार [1474 पटक पढिएको]
भवानी अधिकारी |
स्याङजा: आफनो उमेर भन्दा दो›बर उमेरकी अपांग अनि बृद्धा महिलालाई बलात्कार गरेको आरोपमा फेदिखोलाका ३६ बर्षे राजु गुरुङ प्रहरी नियन्त्रणमा रहेका छन। एउटा हात अनि खुट्टा नचल्ने र स्पष्ट बोल्न पनि नसक्ने ७२ बर्षिया बृद्धालाई जवरजस्ती करणी गरेको भनि छिमेकीले दिएको सूचनाका आधारमा सोमबार राती प्रहरीले गुरुङलाई पक्राउगरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
ती बृद्धा निसन्तान हुन भने पतिको केही बर्ष पहिल्यै मृत्यु भैसकेको छ। सौतेनी छोराले लालन पालन गर्दै आए पनि हाल उनी एक्लै बस्दै आएको बताइएको छ। रातको समयमा तीनै बृद्धाको घरमा गएर जवरजस्ती करणीपछि भाग्दै गरेको छिमेकीले देखेपछि ती बृद्धा कहां गई सोध्दा टोपी मुखमा कोचेर जवरजस्ती गरेको बृद्धाले छिमेकीले बताएकी थिईन।
सोही सूचनाका आधारमा प्रहरीले वलात्कारका आरोपी गुरुङलाई उनकै सुत्ने कोठाबाट पक्राउगरी ल्याईएको प्रहरी निरीक्षक बेदप्रसाद बरालले जानकारी दिए। प्रहरी निरीक्षक बरालका अनुसार बलात्कारका आरोपी गुरुङलाई पक्राउगरी जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरिएको छ । गुरुङ ज्याला मजदुरी गरेर एक्लै बस्दै आएका छन ।
soure annapurna post
0 comments:
Post a Comment