इन्डिया टुडेका अनुसार अभिनेत्री मनिषा कोइराला दोश्रो विहेको तयारीमा ...

आफु भन्दा कान्छा सम्राट दाहालसँग विवाह गरेकी अभिनेत्री मनिषा कोइराला दोश्रो विहेको तयारीमा जुटेकी छिन् ।

पहिलो विवाह एक वर्षपनि नटिकेपछि एकल जिवन विताउँदै आएकी मनिषा अर्को बिहेको तयारीमा लागेको भारतीय पत्रिकाले उल्लेख गरेको छ ।

 भारतीय पत्रिका इन्डिया टुडेका अनुसार मनिषाले केही दिन अघि भारतको सिमान्धरा विश्वविद्यालयमा प्रवचन दिने क्रममा दोस्रो बिहे गर्ने संकेत दिएकी हुन् ।

 ‘एक न एक दिन लायकको जीवनसाथी पाउला नि ?’ मनिषाले प्रवचनका क्रममा भनेकी छिन् । मनिषाले बच्चालाई काखमा लिने चाह समेत प्रवचनमा बताएको पत्रिकाले लेखेको छ ।

 पाठेघर क्यान्सरबाट मुक्त भएकी मनिषा एक वर्षदेखी क्यान्सरको उपचारकै क्रममा रहेकाले कुनैपनि चलचित्र तथा अभिनयमा देखीएकी छैनन ।
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment