क्रिस्चियन धर्म कुनै माइकलालको निजी पेवा होइन..राम्रो लेख सबैले एकपल्ट पढ्नुस मित्रहरु

क्रिस्चियन धर्म कुनै माइकलालको निजी पेवा होइन..

क्रिस्चियन धर्म कुनै माइकलालको निजी पेवा होइन---दिल निसानी मगर

माक्सबादमा बिश्वाश गर्ने मानिस समुदाय मा ब्याप्त तमाम उत्पीडन र शोषण लाई बर्गीय मुक्तिको लडाई बाट हल गर्ने र मुक्ती संघर्ष चलाउने कुरामा बिश्वास गर्छन् l नेपाल को राजनैतिक दलद्वारा बर्गिय मुक्तिको आन्दोलनलाई जातीय मुक्तिको पुच्छर बनाउन कसरी सोझा-साझाको बलिदान गराइयो भन्ने कुरा बिस्तारै प्रकट हुँदैछ l
यति मात्र होइन धार्मिक दंगा मार्फत नेपाल लाइ सिक्किमिक्र्णको दिशामा लैजादै भुटान वा तिब्बत जस्तो मुलुक बनाउन अनेक खुपिया मानिसहरु उद्देलित भएको सुइँको पाइन्छ l नेपाल को सारभौम पहिचानलाइ बिखन्डन गराउन थुपै समुह सक्रिय रहेको बुझ्न पनि गाह्रो छैन l

जो नेपाली भाषी बिदेशी छन, जो संग नेपालि नागरिता छैन l जो संग नेपालको राहधानी समेत छैन l जो विदेश मा राउटे जस्तै फिरन्ते जीवन बिताई रहेको छ l एक गास मिठो खाएर सामाजिक संजाल बाट राजनीति गरेको छ l जो नेपाल घुसेर नागरिता लिन चाहन्छ l तिनै अराजक समुह अहिले नेपाल को निम्ति खतरा जन्य समुह हुन l

अन्यथा क्रिस्चियन धर्म कोहि माइकलाल को निजि पेवा होइन l भोलि म पनि क्रिस्चियन बन सक्छु l यसर्थ धर्म लाइ आफ्नो पेवा सम्झेर अन्य समुदाय प्रति आवेगको भाबना फैलाउने त्यी कपुत हरु नेपालि भाषी बिदेशी हुन l नेपाली किमार्थ होइनन l

उनीहरुको तर्क छ हामो पुर्खा लाइ नेपाल बाट विदेश लखेटे l हामीलाई ठुलो मानिस बन्न दिएनन l अहिले दैनिक पच्चीस हजार नेपालीलाइ विदेश कसले लखेटी रहेको छ ? गोर्खा भर्ती बन्द गरौ भन्दा किन नमानेको ? आफु नेपाल को कुनै दुर्गम गाँउ मा बसी देश को हित मा काम गर्न छाडेर किन विदेश तिर हावा खाएको ? उहिले राजा रजौटा को पाला मा विदेश पठाउने संकार नै थिएन हैन र ? अनि लाहुरे भई विदेश भासिनु को कारण दोश्रो बिश्व युद्द लगायत महाभारत को अश्व्तान्त्र संग्राम होइन र ?

सामाजिक संजाल मा बडा दशैँ को सरगर्मी ह्वात्तै बढेको छ l एक-आपस मा सुभकामना आदान प्रदान भइरहेको छ विदेश मा काम गर्ने हरु नेपाल फर्किरहेका छ l अनि शहर मा ब्यबसाय वा अनेक इलम गरेर बस्ने हरु पनि आफ्नो गाँउ घर फर्किरहेका छन l तर यसबर्ष को दशैँ बिगत को तुलना मा अलिक अराजकता मा कुप्रचार भई रहेकोछ कि भन्ने भान मिलेको छ l

अनेक जातिवादी मनुवा र धर्म संकृति बेचुवा पाखण्डी जन बाट दशैँ लाइ बहिस्कार गरौ भन्ने जस्ता उर्दी देख्न र पढ्न मा पाइयो l हैन, दशैँ लाइ समर्थन गर्नु पर्छ भनेर कसले ह्विप जारि गरेको छ र ? त्यो त आफ्नो मर्जी को कुरा होइन र ? दशैँ मा कालो टिका लगाउनुस भन्ने कुरा पनि आयो l रातो, सेतो, निलो, बैजनी, गुलाफी जे-जे रंग को टिका लगाउन मन छ त्यो लगाउदा भैहाल्छ l कसैको रोकटोक हुन्छ भन्ने मलाई लाइग्दैन l तर सेतो वा रातो टिका लगाउने नेपालि लाइ चाँही किन यस्तो लगाइस वा किन कालो लगाइन्स भनेर कसैले नभनुन l

दशै मान्ने चलन मगर राजा लाइ मारेको खुसियाली मा स्थापित भएको हो भन्ने अफवा पढे पछि मलाई खुल्दुली भयो l हुन पनि सक्छ वा नहुन पनि सक्छ l अध्ययन गरेर हेर्छु भन्ने भाबना जाग्यो l यसर्थ मैले सामाजिक संजाल फेसबुक मा आफ्नो धारणा राखे ताकि मलाई थुप्रै जानकारी मिलोस थुप्रै साथीभाइहरु बाट l

मैले आफ्नो स्टेट्स पोस्ट गरे-'मगर को राजालाइ मारेको खुसियाली मा दशै मनाइन्छ भन्दै हाम्रा दाजुभाइ दशैँ मा कालो टिका लगाई बहिस्कार गर्ने भन्दै छन l दशैँ त भारत मा पनि धुमधाम संग मनाइन्छ l त्यहा पनि हाम्रै मगर पुर्खा लाइ मारेको खुसियाली मा होला हैन ? आफुलाई क्रिश्चियन हुन मन लागेको छ भने चुपचाप बन्दा हुन्छ l कुप्रचार गरेर समुदाय को भाइचारालाइ खलल पुराउने काम गर्नु मुर्खता हो l'


कमेन्टको रूपमा फुत्त एउटा महाबाणी आइहाल्यो, भबिन राइ- तँ साले लेडा बाहुन को पुच्छर गाइ को मुत पिएर हुर्केको मान्छेलाइ के थाहा बाहुनले हामीलाई खेलाएका छन भन्ने कुरा दशैँ मान्न हुदैन यो हाम्रो हुदैन होइन जय मंगोल !

अर्को महाबाणी पनि आयो, पुकार नेम्बाङ्ग- तँ लाइ भेटाए भने ठाउ को ठाउ ढलाइन भने म पनि नेम्बाङ्गको चल्ला होइन बुझिस साला खाते झुसे बाहुन को धोति समातेर ठुलो कुरा गर्छस बाइबल पढ न बाइबल आनी थाहा पाउछस तैले तँ सैतान होस गाइ लाइ त आमा भन्ने पागल त हुन हा हा हा हा ।

कमेन्ट को रूप मा सोम मैनाली पनि आफ्नो तर्क पनि थप्छन- दशैं हामीले मान्नु हुदैन बहिस्कार गर्नुपर्छ भन्दै भुक्ने पाखण्ड हरुले हाम्रो नजिकै को दार्जिलिङ् बाट सिकुन पहिचान भनेको के हो ? त्यहाँपनि छन् राई , लिम्बु , शेर्पा , तामाङ् , क्षेत्री ,बाहुन तर उनीहरुको एउटै जात छ त्यो हो " गोर्खाली " उनीहरु भारतको नागरिता लीएर पनि नेपाली पहिचानको लागी लडिरहेका छन तर हामी नेपालको नागरिता बोकेर नेपालको पहिचान डिलिट गराउदै आमा लै बेच्ने काम गरिरहेका छौ !

नेपालीमा भाइचरा र शुभकामना भन्ने चिज हराएर गईसकेको रहेछ भन्ने लाग्यो l यी पुकार भाई क्रिश्चियन रहेछन l ठिक छ उन को मानब आधिकारको कुरा हो l जब क्रिश्मस आउने छ म उनलाई सुभकामना दिनेछु l तर मलाई किन गालि गरेको होलान ? उनि प्रति दया पनि जाग्यो l माया पनि लाग्यो l

यसै बीच मा अन्य केहि दसाही सम्बन्धि धारणा हरुपनि कमेन्टको रुपमा आयो जस्तो कि कुमार राइको यो कमेन्ट ले मलाई उर्जा प्रदान गर्यो- 'दसैँलाई आदिवासीहरू आफ्नो पुर्खाको रगतले मुछिएको टिका भन्दै कालो कुकुरको आची लाएर बिरोध गर्नु महामुर्ख र अनपढ क्रान्तिकारी स्वभावको हुन ! कुन मुर्ख ले लेखेछ इतिहास ? जुन हाम्रो पुर्खाको रगतले मुछिएको टिका भन्दै ? कस्तो मुर्ख हो यो मान्छे ? गुरुङ भन्छ हाम्रो गुरुङ राजाको रगतमा मुछिएको टिका ! तामाङ भन्छ हाम्रो तामाङ राजा मारेर रगत मा मुछिएको टिका ! राई भन्छ हाम्रो राजालाई मारेर रगतमा मुछिएको टिका ! मगर भन्छ हाम्रो मगर राजाको रगतले मुछिएको टिका शेर्पा,सबै भन्छ हाम्रो राजा मारेर रगतमा मुछिएको टिका ! मुर्ख अब भन हामी सबै जनजातिको यति धेरै राजा मारेर किन एउटा मात्रा दसैँ भयो' ?
उनि अझै थप्दै गए-'नेपालमा त हाम्रो राजा मारेर दसै मनायो भन्छ तर भारत थाइल्यान्ड जस्ता अरू देशमा किन मनाउछ ??? कि त्यहाँ पनि हाम्रो राजा थियो र मारेर खुसीले मनाएको ? किन यस्तो कुविचार आशान्ति क्रान्तिकारी राक्षसी स्वभावमा आफ्नो असली पहिचान र नेपाली पन गुमाउन खोज्दै छौ । हामीलाई थाहा छ हामी जनजाति को आफ्नै भेस भुषा छ तर किन एउटै समाजमा द्वन्द्व निम्त्याउन खोज्दै छौ ?? किन अरूलाई भ्रम सिर्जना गराउछौ ?? तिमी मान या नमान आफ्नो इच्छा हो तर समाजमा किन भाडभैलो गर्दै हिड्छौ? हामी अधिकार र मानसम्मान पाउन अरूलाई पनि सम्मान गर्न सिकौ न ! कि हामीमा अरूलाई आधार सत्कार गर्ने कुनै शब्द कोषनै छैनन् ? म तपाईँलाई अनरोध गर्छु तपाईँ मान या नमान तर अरूलाई बर्ष दिनको दुख शुख बाड्न दिनोस । आफ्नो माता पिताको आशीर्वाद लिन दिनुहोस् । हाम्रो सबै समाजको चाडपर्वलाई सम्पन् गरौ' !!
मलाई के बिश्वास छ भने कुनै पनि पर्व मान्ने तरिका ठाउ र भुगोल अनुसार फरक फरक हुन्छन l परिस्कृत गर्दै लगिएको हुन्छ l भारत मा मनाइने दसैँ र नेपालमा मनाइने दसैँ मा केहि फरकपन त छ तर त्यहा का नेपालि भासी को भने नेपालि को जस्तै छ l त्यहा दसै-दशरा भन्ने पनि गरिन्छ l कतिपय स्थान मा रातो र सेतो टिका लगाउने समुदाय छ l भारत मा बली दियिदैन नेपाल मा दिइन्छ l त्यसै गरी यो दसैँ नेपाल मा मात्र होइन बंगलादेश थाइल्याण्ड र चीन जस्ता देश मा पनि आ-आआफ्नो रितिरिवाज अनुसार मनाएको कुरा बुझेको छु l

मैले मगर ले किन दशैं नमान्ने भन्ने बारे मा अर्को तर्क पनि पढे- 'बिक्रम सम्बत् १६१६ भन्दा पहिले गोरखा राज्यमा बडादशैं मनाइन्थ्यो वा के गरिन्थ्यो त्यसबारेमा पनि केही भन्न सकिन्न । बिक्रम सम्बत् १६१६ साल असोज २३ गते मंगलबारको रात गंगाराम राना मगर, गणेश पाण्डे , महेश्वर पन्त, नारायण दाश अर्जेल एबम् मुरली खवास आदिको सहयोगमा गोरखाका 'खड्का राजा'लाई, मारेर त्यसै रात अर्थात् बिक्रम सम्बत् १६१६ साल असोज २४ गते बुधबार ० घडी ०१ पला जादा द्रब्य शाह गोरखाको राजगद्धीमा बसेका कुरा वंशावलीहरुमा लेखिएको छ । गोरखाको खड्का राजाको निर्मम हत्यागरी आफू राजा भएको खुशीयालीमा द्रव्यशाहले आश्विन शुक्लपक्षभरि रामरमिता मनाएको, रंगरेलिया गरेको हुनसक्ने र त्यसै घटनालाई वार्षिकोत्सवको रुपमा वर्षेनि मनाउदै आउने क्रममा नेपालमा दशैं संस्कृति विकसित भएको हो भन्ने अनुमान गर्न कुनै गाह्रो छैन।'
यस बीचमा भोजपुरे भेना को तर्क राखन उचित लाग्यो- चाड मनाउन खर्च चाहिन्छ, खर्च जुटाउन परिश्रम गर्नुपर्छ । अत: जस्ले परिश्रम गर्दैन त्यो अल्छिसँग खर्च हुँदैन । अब तपाईंहरु आँफै बुझ्नुस्, त्यस्ता मान्छेले दसैंको बिरोध नगरेर मनाउला त ? कदापी मनाउदैन । छोरीचेली आउछन भानाभान्जी आउछन खानु दिनै पर्योश, जे जती हुन्छ दक्षिणा लाइदिनै पर्योन । त्यो भन्दा त दसैंको बिरोध गरे ढुक्कै भो । त्यसैले बुढाहरुले भन्थे - अल्छिले जती जैसीले जान्दैन l
भोजपुरे भेना कोकमेन्ट माथि आर्को कमेन्ट थपियो- Mirgen Ingnam काका जी हिँजो र आजमा केही फरक जस्तो लाग्छ, हिजो दशैं मान्नु वाध्य पारियो तर आज हामी दशैं परित्याग गर्दैछौ कि राज्यले सवैलाई साँस्कृतिक अधिकार बराबर होस। साकेला,ल्होसार र दशैंलाई समान दृष्टिकोणले राज्यले आँखा पुर्याओस। दशैंलाई बहिष्कार गरौं त म पनि भन्दिन तर हिन्दु अतिवाद/ब्रह्माणवाद यो शताब्दीमा पुन: लादिरहन्छ भने सोच्न वाध्य हुनुपर्छ। यो कुरा काका जस्ता व्रम्हाणवादी, एकात्मकवादि सोचका भरौटेहरुले बुझ्न जरूरी छ ।

म एउटा कुरा बडो नियालेर गम खान्छु- मगर लाई मगर राजा मारेकोमा,लिम्वुलाई लिम्वुराजा मारेको मा राईलाई राईको राजा मारेको भनेर मनाईएको चाड हो दशै भनेर कु-प्रचार गर्ने समाजभडुवाशास्त्री कृष्ण भट्टचन मन्दिरको टिका खाएको हुर्केको मान्छे हो । दशै र राजतन्त्रको विरोध गर्ने त्यो कृष्ण भट्टचन २० ६३ साल भन्दा पहिले कट्टर राजावादी हो । राजदरवारको निगाहमा कमल थापा र भट्टचन भारतमा पढ्न गएका थिए, त्यहाँ के पढे थाहा भएन त्यसैलाई IA को मान्यता दिदै उसलाई BA मा पढ्न दिइएको थियो , त्यो पनि दरवारको ठाडो आज्ञावाट । उसको वाउ पोखराको नालामुख को मन्दीरमा वहिदार थियो त्यहि मन्दीरको सिधा उठाएर उसलाई हुर्काउने-वढाउने गरेको हो । अहिले राजतन्त्र र हिन्दुको एक नम्वर विरोधी भएको छ । धौलागिरिवाट चार जना थकाली सभासद छन यतिवेला उसले जातिय उत्पिडनको कुरा गर्छ ।

यस्तै मगर पण्डित र मगर पुजारी को कुरा गर्दा हामि हिन्दु होइनौ र दशैँ मान्नु हुदैन भने मान्यता गलत लाग्छ-पशुपती, गुहेश्वरी, मुक्तीनाथ जस्ता तिर्थ स्थल किराँत काल बाटै आफ्नो अस्तित्व मा रहेको पाइन्छ l त्यो परापुर्ब कालमा हिन्दुको नभई किरातेश्वर भनेर कहलिएको थियो l नेपाल को सन्दर्भ मा पछि त्यी धार्मिक पहिचान आर्य जाति बाट अतिक्रमण भएको मान्न सकिन्छ l

आजकल किरातेश्वर महादेवको सन्तानलाइ 'डलर' द्वारा अतिक्रमण गरेको छ l धन्न ! मनकामना मन्दिर का मगर पुजारी बेचिएका छैनन l बाग्लुङ बजारको पारी पट्टि बुकेनिमा पनि मनकामना मन्दिर छ जहा मगर पुजारी नै छन् । म्याग्दीको खयरबाराहीमा पनि मगर पुजारी छन l धरानको बुढा सुब्बा मन्दिरमा पनि आले मगरहरू नै पुजारी छन्, त्यसै गरी, धरानसंग सीमा जोडीएको बिष्णु पादुका मन्दिरमा पनि, मन्दिरको मुख्य पुजारी तामाङनै छन् l
नेपाल मा पनि २४० बर्षको इतिहास बोकेको हिन्दु राजाको दरवारिया शक्तिलाई बिघटन गरिएको छ l अनि नेपाली राजनितिक मैदानमा आमुल परिवर्तनको वातारवण तयार पार्न सफल भएको छ l गणतनत्र मा धार्मिक स्वतनतरता यसैको उपलब्धि होइन र ? धार्मिक स्वतनतरता संगै अन्य धर्म र तिनको रिति रिवाज लाइ समान गर्नु पर्ने र मानब अधिकार को अवधारणा लाइ संस्थागत गर्नु पर्ने आजको आबश्यकता हो कि होइन ?
कुनै पनि कुरा को बिरोध गर्नु वा त्यसलाई नमानु को खण्डन गर्नु को तरिका हुन्छ l मानब अधिकार ले निर्दिष्ट गरेका सिदान्त हरु हुन्छ l त्यसै उफ्रेर हुदैन l यहा उधौली, उभौली, छठ, लोहोसार कुनै बाहुन वा खस लाई खुसियाली का साथ मनाउन आग्रह गरौं र सबै राष्टिय पर्ब लाइ सबै जात,धर्म, समुदाय, मिलेर मनाउ l मिठो चोखो खाउ l यही होइन भाइचारा भनेको ? संस्कार को बिकाश भनेको ? मानब अधिकार र शुशासन सहित को समाज भनेको ?


 

- source//www.nepalisrael.net
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment