टोरोन्टो, १२ डिसेम्बर । आफ्नै ब्यापार–व्यवशाय संचालन गरेका अथवा अन्य सरकारी तथा निजी कम्पनीहरुमा प्रबन्धक भई कामको अनुभव प्राप्त गरेका व्यक्तिहरुले क्यानडा सरकारको खातामा दुई बर्षभित्र फिर्ताहुने गरी करिब ७० लाख रुपैंया (क्यानेडिएन डलर ७५ हजार) जम्मा गर्न सकेमा स–परिवार क्यानडाको स्थायी भिसा पाउन सकिने देखिएको छ ।
क्यानडाको Saskatchewan र Manitoba प्रान्तीय सरकारको इम्मिग्रेशन प्रणालीद्धारा यस प्रकारको स्थायी भिसा पाउनको लागि कम्तीमा ३ करोडको कुल पुँजी हुनुपर्ने, व्यापार–व्यवशाय संचालन गरेको अथवा अन्य कम्पनीको मेनेजर वा सो भन्दा बढी ओहदामा काम गरेको हुनेपर्नेजस्ता प्राबधान रहेका छन् ।
उमेरको हदबन्दी नरहेको यो प्रणालीअनुसार आवेदन गर्नको लागि उक्त प्रान्तमा गएर के कसो व्यापार गर्ने भन्ने बिषयको Business Plan भने जरुरी रहेको छ ।
आवेदन स्वीकृत भइसकेपश्चात क्यानेडिएन डलर ७५,००० यहाँको सरकारको खातामा धरौटीस्वरुप जम्मा गरेपश्चात सपरिवार क्यानडाको स्थायी भिसा पाउन सकिने छ ।
यसरी भिसा पाएर आइसकेपश्चात जुन प्रान्तमा आएको हो त्यहि प्रान्तमा करिब १५०,००० क्यानेडिएन डलर लगानी गरेर व्यापार प्रारम्भ गरेपश्चात उक्त ७५,००० डलर सरकारले फिर्ता गरिदिनेछ । तर क्यानडा आएको २ बर्षभित्रमा डेढ लाख डलर लगानी गरेर व्यापार गर्न नसकेमा भने उक्त पचहत्तर हजार डलर फिर्ता नहुन पनि सक्दछ ।
पहिले यस प्रकारको स्थायी भिसा आवेदन गर्नु अगाडी सोही प्रान्तमै गएर एक हप्ता भ्रमण गर्नुपर्ने बाध्यात्मक स्थिती रहेकोमा हाल उक्त भ्रमण गर्नुपर्नेछैन । सिंधा आवेदन दर्ता गर्न सकिनेछ ।
उमेरको कुनैपनि हदबन्दी नरहेको यस प्रणाली अन्तर्गत छनौट हुनको लागि बिषेशगरी व्यापारीक सम्पर्क, व्यापार योजना, केही मात्रामा अंग्रेजी भाषाको ज्ञान, आदी रहेका छन् । यसमा पढाईको डिग्रीको पनि आवश्यकता पर्दैन ।
यस प्रकारको भिसा आवेदन २०१४ को जनवरीदेखि गर्न सकिने छ । हरेक बर्ष करिब ५०० वटा मात्र आवेदन लिइने भएकोले छिट्टै आवेदन गर्नुपर्ने अवस्था देखिन्छ ।
विस्तृत विवरणको लागिः
सास्काचुन (Saskatchewan): http://www.saskimmigrationcanada.ca/entrepreneur/
मनिटोवा (Manitoba): http://www.gov.mb.ca/ctt/invest/pnp-b/index.html
0 comments:
Post a Comment