काठमाडौं, संयुक्त अधिराज्य अमेरिकाले सन् २०१६ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागी आवेदन खुल्ला गर्न लागेको छ । यो बर्षको डिभी लोटरी आगामी १५ असोज (१ अक्टोबर) बिहान साँढे ९ बजेदेखि खुला हुने भएको छ। डिभी भर्नका लागी एक महिनाको अवधि दिइएको छ । जस अनुसार आगामी कार्तिक १७ गते डिभी भर्ने अन्तिम दिन हुने कुरा अमेरिकी दुतावासले जनाएको छ ।
काठमाडौंस्थित अमेरिकी दूताबासका अनुसार डिभी आवेदकहरूलाई चाँडैनै आवेदन भर्नका लागी प्रोत्साहित गरिएको छ । यो डिभी चिट्ठामा भाग लिनका लागी कुनै प्रकारको शुल्क तिर्नु नपर्ने पनि अमेरिकी दूताबासले जनाएको छ। त्यसैगरि दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनका लागी पनि सबैसंग आग्रह गरेको छ । सन २०१६ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन भर्नका लागी www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डिभी) आवेदन फारम भर्नु पर्नेछ ।
यो आवेदन दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ गरि प्रिन्ट गरेर राख्न पनि अमेरिकी दूताबासले आग्रह गरेको छ। तपाईँले भरेको डिभीमा तपाइँको छनोट भयो वा भएन त्यो हेर्नका लागी सन २०१५ को मे ५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर राखेर हेर्न सकिने छ। यस डिभी लोटरीमा सहभागी हुनका लागी शैक्षिक आवश्यकतामा कम्तीमा १०+२ को पढाइ पूरा गरेको हुनु पर्नेछ । तपाइँ पनि डिभी भर्ने हैन त ?
0 comments:
Post a Comment