काठमाडौं । बैदेशिक रोजगारीका लागि अब नेपाली कामदारहरु मेनपावर मार्फत नै युरोप अमेरिका लगायतका देशहरुका जान पाउने भएका छन् ।
सरकारले युरोप, अमेरिकालगायतका मुलुकमा बैदेशिक रोजगारीका लागि पठाउने तयारी सुरु गरेको हो ।
बैदेशिक रोजगार प्रवर्धन बोर्डले विकसित मुलुकहरुमा नेपाली कामदारहरुलाई पठाउनका लागि कार्ययोजना तयार पारेको हो ।
श्रम राज्यमन्त्री समेत सहभागी भएको बोर्डको बैठकले उच्चस्तरीउ वैदेशिक रोजगार प्रवद्र्धन समिति बनाउने समेत सैद्धान्तिक सहमति गरेको छ । बोर्डको अर्को बैठकले यसको कार्यविधि तयार पार्ने छ ।
खाडी मुलुकहरुमा बढी जोखिमपूर्ण काम भएपनि पारिश्रमिक कम पाएको भन्दै समितिले युरोप र अमेरिकामा नेपाली कामदार पठाउनका लागि आवश्य प्रक्रिया अघि बढाइने भएको हो ।
सरकारले विश्वका १०९ वटा मुलुक वैदेशिक रोजगारीका लागि खुला गरेपनि करिब दुई दर्जन मुलुकहरुमा मात्र नेपालीहरु रोजगारीका लागि गइरहेका छन् ।
0 comments:
Post a Comment