योगबाट के सेक्स लाइफलाई स्वस्थ बनाउन सकिन्छ ? के कामसूत्रको योगसँग केहि सम्बन्ध छ ? भोगी भएरै कोही योगी बन्न सक्छन् ? यस्ता केहि प्रश्नहरु छन् जसको जवाफ सबैले जान्न चाहन्छन् ।
आउनुहोस् यहिसँग सम्बन्धित केहि ६ जानकारी पढौँ–
- १. यौवनको राज, नाडिमा हुन्छः नाडि शुद्ध र बलियो हुनु अत्यावश्यक छ । वायु प्रदुषण, रक्सी पिउनु अथवा अन्य कुनै नशा, अनियमित खान–पान, रिस, अनिन्द्रा, तनाव र अत्यधिक काम र सम्भोगले नाडिहरु कमजोर हुने गर्दछ ।
- २. कसरी सपार्ने सेक्स लाइफलाईः तनावले भरिएको जिवन, नशाको प्रवृत्ति र प्रदुषणले भरिएको वातावरणमा बसिरहँदा पुरुषहरुको सेक्स लाइफको स्तरमा लगातार गिरावट आउने गर्दछ । भनिन्छ, सुखी जीवनको लागि सेक्स लाइफमा खुसी हुनु आवश्यक हुन्छ जसले मानिसहरुको सम्पूर्ण तनावलाई नष्ट गरिदिन्छ । यसका लागि केहि योगा टिप्स यहाँ दिइएका छन् जसले तपाईंको जीवन नै परिवर्तन गरिदिन्छ ।
- ३. सेक्सभन्दा पहिले योगः सेक्सभन्दा पहिले योग गर्नाले उर्जा शक्ति पूर्ण रुपमा संचालित हुने गर्दछ । यो उर्जा सेक्सको दौरान निकै लाभदायक सिद्ध हुनसक्छ । स्वस्थ र आनन्ददायक सेक्सका लागि सेक्सभन्दा पहिले गरिने योगले तपाईंको दिमाग र मांसपेशीहरुलाई ताजा बनाइराख्छ ।
- ४. न्यूड योगाः भारतीय योगीहरुद्वारा प्रतिपादित मोक्ष मार्ग अब विदेशमा पनि निकै प्रचलित भएको छ । तर पश्चिमी देशहरुमा यसबाट यस्ता थुप्रै रुप निस्किएको छ जसको कल्पना कसैले पनि गरेका छैनन् होला । उदाहरणका लागि विश्वमा न्यूड योगाको प्रचलन बढिरहेको अवस्था छ ।
- ५. भोग, सम्भोग र योगः हिन्दु धर्मग्रन्थीहरुमा चार पुरुषार्थको बारेमा बताइएको छ– धर्म, अर्थ, काम, मोक्ष । वर्तमान समयमा मानिसहरु भोग–विलासिता र सम्भोगलाई नै जीवन मानेर बसिरहेका छन् । तर आजको युगमा भोग, सम्भोग र योगमा सन्तुलन बनाउन जरुरी छ ।
- ६. कामसूत्र र योगासनः सम्भोगको थुप्रै आसन हुन्छ भन्ने मान्यता साधारण रुपमा मानिँदै आएको छ । ‘आसन’ शब्द सधैँ योगसँग मात्र सम्बन्धित हुने गर्दछ । जबकि सम्भोगको सबै आसनहरुको योगको आसनसँग कुनै सम्बन्ध हुँदैन । तर, योगको आसनको अभ्यासबाट सम्भोगको आसन अपनाउँन सहज हुने कुरालाई यहाँ नकार्न भने मिल्दैन ।
0 comments:
Post a Comment