साधारणतया फिल्म डाउनलोड हुन कति समय लाग्छ ? तपाईंको उत्तर होला, जति इन्टरनेटको स्पिड धेरै हुन्छ, त्यति नै चाँडो फिल्म डाउनलोड हुन्छ । तर जतिसुकै हाई स्पिडको इन्टरनेट सेवा लिँदा पनि के तपाईंले अहिलेसम्म तीन सेकेन्डमा फिल्म डाउनलोड भएको देख्नुभएको छ ? तपाईंले भन्नुहोला, तीन सेकेन्डमा त फिल्म डाउनलोड हुनै सक्दैन । तर यो वास्तविक हो । अब तपाईंले कुनै पनि फिल्म तीन सेकेन्ड भित्र डाउनलोड गर्न सक्नुहुन्छ तर यसका लागि तपाईंले सामसङले निकालेको वाइफाई सेवा लिनुपर्ने हुन्छ ।
सामसङले यस्तो प्रविधिको विकाश गरेको छ जुन अहिलेको वाइफाईभन्दा पाँच गुणा बढि तेज भएको कम्पनीले दाबी गरेको छ । यो नयाँ वाइफाई सिस्टमको स्पिड ५७५ एमबी प्रतिसेकेन्ड रहेको छ अर्थात तपाईं एक जीबीभन्दा ठूलो फिल्म तीन सेकेन्डभन्दा कम समयमा डाउनलोड गर्न सक्नुहुनेछ । सामसङका अनुसार अहिलेको २.४ गीगाहर्ज र ५ गीगाहर्ज वाइफाई टेक्नोलोजीभन्दा निकै भिन्न सामसङको डण्द्द। 802.11ad स्ट्यान्डर्ड ६० गीगाहर्ज वाईफाई टेक्नोलोजीले सह–च्यानलको रोकवटलाई हटाउँदै अधिकतम स्पिड दिने गर्दछ यद्यपी एउटा नेकवर्कमा जतिसुकै डिभाइसहरुको प्रयोग गरिएको होस् । ६० गीगाहर्जको यो वाइफाई टेक्नोलोजी आउँदो वर्षको सुरुवातमा बजारमा आउन सक्ने सामसङले आशा गरेको छ
0 comments:
Post a Comment