बजारमा ज्यानै जाने रक्सी पेटिकोट प्लास्टिक कुहिएको हड्डी को मिसावट (फोटोफिचर/भिडियोसहित)


काठमाडौं : तपाईंले पिउने घरेलु रक्सी कस्तो छ? कस्तो कच्चा पदार्थबाट बन्छ? हेक्का राख्नुहोस्। राजधानीका गल्लीगल्लीमा गुणस्तरहीन रक्सी बनाउने क्रम अहिले पनि जारी छ। सडेका प्लास्टिक, चप्पल, ठसठस्सी गनाउने मोजा, फोहोर कपडा र गाईबस्तुले पनि खान नरुचाउने अखाद्य पदार्थबाट घरेलु रक्सी बनाइन्छ।






महानगरीय प्रहरी वृत्त स्वयम्भू, नागरिक न्यायिक उपभोक्ता मञ्च र करदाता सेवा कार्यालय कलंकीले सोमबार राजधानीका विभिन्न तीन स्थानमा छापा मार्दा मान्छेको ज्यानै जाने खालका गुणस्तरहीन रक्सी बनाउने गरेको फेला पर्‍यो। टोलीले इचंगुनारायण- ४ स्थित प्रेम मगर र कविता मगरले सञ्चालन गर्दै आएको रक्सीभट्टीमा छापा मार्दा सडेका प्लास्टिक, चप्पल, मोजा, फोहोर कपडा, कास्टिक सोडा, युरिया मललगायतका पदार्थबाट रक्सी बनाएको फेला परेको छ।



 'पारिवारका सदस्यका लागि बनाइएको भनिए पनि प्रक्रिया र परिमाण हेर्दा बाहिरका पसललाई बिक्री गर्न बनाइएको देखियो', करदाता सेवा कार्यालयका निमित्त प्रमुख कर अधिकृत पूर्णबहादुर बरामले भने, 'यस्ता रक्सी सेवन गर्दा सर्वसाधारणको ज्यान जाने सम्भावना छ।' विज्ञका अनुसार यस्तो रक्सी पिउँदा कलेजो बिग्रने, आँखाको ज्योति गुम्ने, हृदयाघात हुनेलगायतका समस्या निम्तिन्छ। बरामका अनुसार यस्ता कच्चा पदार्थबाट बनाइने रक्सीमा मानव स्वास्थ्यलाई प्रत्यक्ष हानि गर्ने अत्यन्तै घातक रसायन आफैं उत्पादन हुन्छ। 'यसैका कारण रक्सी सेवनबाट सर्वसाधारण मर्ने गरेका समाचार दैनिकजसो आउने गरेको हो', उनले भने।



रक्सी उत्पादन गर्दै आएकी कविताले पारिवारिक जमघटमा उपभोग गर्न रक्सी तयार पारेको दाबी गरिन्। उनले प्लास्टिकका नीला ड्रममा पाँच सय लिटर गुणस्तरहीन रक्सी उत्पादन गरेकी थिइन्। टोलीले उक्त रक्सी नष्ट गरी रक्सी तयार पार्ने कच्चा पदार्थ र भाँडा पनि नियन्त्रणमा लिएको छ।



रक्सी तयार पार्न उनले ड्रममा मरेका साङ्ला, प्लास्टिकका टुक्रा, मोजा, सडेका चप्पल र त्यसका फित्ता, फोहोर कपडा घोलेर राखेकी थिइन्। 'कडा नशा दिन यस्ता प
दार्थ हालेर रक्सी तयार गर्छु', उनले भनिन्, 'मेरो परिवारका सदस्यले यही रक्सी खाँदै आएका छन्।' तर कसैलाई केही नभएको उ नले दाबी गरिन्।



 छापा मार्ने क्रममा उनले टोलीसँग विवादसमेत गरेकी थिइन्।



सोही स्थानका प्रेम मगरले रक्सी बनाउन प्रयोग गर्ने कच्चा पदार्थ, भाँडावर्तन र रक्सी पनि त्यस्तै थियो। उनले पनि कडा नशाका लागि यस्तो गर्ने गरेको बताए। उनको घरबाट टोलीले तीन सय लिटर रक्सी, कच्चा पदार्थ र भाँडावर्तन बरामद गर्‍यो। 'रक्सी र रक्सी बनाउने पदार्थभन्दा बरु शौचालय सुग्घर देखियो', महानगरीय प्रहरी वृत्तका नायब प्रहरी उपरीक्षक (डीएसपी) पदमबहादुर बिष्टले भने, 'यस्तो गुणस्तरहीन रक्सी उत्पादन गर्नेलाई कुनै पनि सर्तमा छुट दिनु हुन्न। यस्तो रक्सी सेवन गरेकै कारण धेरै व्यक्तिले अनाहकमा मृत्युलाई अँगाल्दै आएका छन्।'



टोलीले काठमाडौं चौमतीस्थित सानुकाजी महर्जनका घरमा पनि छापा मारेर गुणस्तरहीन रक्सी, भाँडावर्तन र कच्चा पदार्थ बरामद गरेको थियो। २४ वर्षदेखि आफ्नै घरमा 'नेबा न:सा पस' रेस्टुरेन्ट सञ्‍चालन गर्दै आएका महर्जनले सोही घरमा दुई वर्षदेखि अवैध रूपमा गुणस्तरहीन रक्सी उत्पादन गरिरहेका थिए।



टोलीले तयारी हुन लागेको एक हजार एक सय तीन लिटर र बनाउने क्रममा रहेको ७० लिटर रक्सी नष्ट गर्‍यो। उनले रक्सी बनाउने कच्चा पदार्थमा पनि कास्टिक सोडा, युरिया मल, मरेका साङ्ला र अन्य किरा भेटियो। टोलीले यस्तो रक्सी बनाउन प्रयोग हुने ३० किलो चिनी, ३० किलो चिउरा, चामललगायत पनि बरामद गर्‍यो।



'अवैध तथा गुणस्तरहीन रक्सी उत्पादनमा रोक लगाउनुपर्छ', नागरिक न्यायिक मञ्चका अध्यक्ष सहदेव गौतमले भने, 'विगतमा पनि दुई लाख लिटरभन्दा बढी यस्तो रक्सी नष्ट गरिएको थियो। अब त्यस्तो रक्सी भेटिँदैन कि भन्‍ने लागेको थियो तर छापा मार्ने क्रममा फेरि फेला पर्‍यो।' टोलीले अवैध रूपमा रक्सी बनाउने प्रेम, कविता र सानुकाजीलाई पनि पक्राउ गरेको छ।




Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment