पक्कै पनि बेसार नराखिएको तरकारीतर्फ हाम्रो आँखा कमै जान्छ । बेसारले खानाका परिकारलाईमात्र आकर्षक होइन शरिरलाई पनि आकर्षक र मुहारलाई सुन्दर बनाउँछ । यो तथ्य हालै पत्ता लागेको हो ।
आकर्षक र सुन्दर अनुहारका लागि आजभोली फेसियल गर्ने चलन बढ्दै गएको छ । तर सबैलाई फेृसियल गर्ने समय नमिल्न सक्छ ।
यस्तो अवस्थामा भान्सामै रहेका बेसारको मद्दत लिन सकिन्छ । बेसार प्रयोग गर्ने तरिका : दुई सानो चम्चा बेसनमा आधा चम्चा बेसार मिसाएर यसमा १० थोप्ला गुलाव जल मिसाउनुहोस ।
त्यसमा कागति पनि मिसाउनुहोस र अनुहारमा लगाउनुहोस् । नुहाउनुभन्दा पहिला यो लेप लगाउनुहोस र आधा घण्टापछि पखाल्नुहोस अनि आफ्नो अनुहार ऐनामा हेर्नुहोस । तपाई निकै आकर्षक देखिनु भयो होला ।
0 comments:
Post a Comment