११ कार्तिक, मलेसिया ।
नेपालले डिभिजन थ्रि क्रिकेटमा अमेरिकालाई १० रनले पराजित गरेको छ ।
पानी परेर खेल अवरुद्ध भएपछी डकवर्थ लुइस मेथडका आधारमा रनरेट हेरेर नेपाल १० रनले जित्दै जारि लिगको शिर्ष स्थानमा उक्लन सफल भएको छ ।
आजको जित सँगै नेपाल उपाधि यात्रामा सबैभन्दा अगाडी रहेको छ । रन रेट र अँक तालिकामा एक नम्वरमा उक्लन सफल नेपालले आगामी खेल मलेसिया बिरुद्ध खेल्दैछ ।
कम्तिमा लिग डिभिजन दुई मा उक्लने पक्का भएको नेपालले मलेसियालाई पराजित गरेका डिभिजन थ्रि को उपाधि जित्नेछ ।
यदी दोस्रो स्थानमा रहेको युगाण्डा अर्को खेलमा हारेमा र नेपाल पनि पराजीत हुन पुगेमा पनि रन र अँक को आधारमा नेपालले उपाधि जित्नेछ ।
अमेरिकालाई पराजित गर्ने क्रममा म्यान अफ द डे सुबास खकुरेल बने । उनले ४ ओटा चौकाको सहायताले ८२ बलमा ४९ रनको योगदान मात्र दिएनन् कि नेपाललाई डिभिजन २ मा समेत पुराए ।
यदि उनले त्यो ओभरमा २ ओटा चौका नहानेको भए आज नेपाल डिएल मेथडका आधरमा हार्ने थियो।
0 comments:
Post a Comment