छोरीलाई दाइजोमा सुनको ट्वाइलेट
प्रकाशित मिति: 4:43:00 pm, October 26, 2014
फोब्र्सका अनुसार किंग अब्दुल्ला संसारको सबैभन्दा धनी व्यक्तिको सूचिमा आठौँ नम्बरमा पर्छन् । उनी संसारको सबैभन्दा धनी मुस्लिम हुन् । सन् २०११ मा फोब्र्सले अब्दुल्ला परिवारको सम्पत्ति विवरण निकालेको थियो जुन लगभग २१ बिलियन युएस डलर रहेको थियो ।
१८० करोडको सुनको पहिरनमा सजिएकी उनकी छोरी सुनको पिरामिड जस्तो देखिएकी थिइन् । उनको पहिरन निकै भारी देखिएको थियो । यस्तो भारी पहिरन दिँदासमेत उनको मन भरिएन जसका कारण उनले सुनको ट्वाइलेट बनाएर आफ्नी छोरीलाई दाइजो स्वरुप दिए । उक्त ट्वाइलेटमा प्रयोग हुने सबै सामानहरु सुनबाट बनाइएको थियो भने ट्वाइलेटको बाहिर पट्टि लेखिएको थियो ‘गोल्डन ट्वाइलेट’ । (एजेन्सी)
0 comments:
Post a Comment