स्व. नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनूर’ इजरायलमा प्रदर्शन हुँदैछ । नेपालमा सफलताका साथ ५१ औँ दिन पार गर्दै अझै पनि चलिरहेको यस चलचित्रको इजरायल रिलिज मिति १४ नोभेम्बर, २०१४ (शुक्रवार) तोकिएको छ ।’ Selfie Disco Hall 3rd Floor near the Super Market inside Ta Takhana मा प्रदर्शन हुने चलचित्रलाई श्रीकृष्ण पत्नी स्वेता खड्काकी दिदि संगीता खड्का र बहिनी आरिया खड्काले प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनबाट उठेको सबै रकम श्रीकृष्णको नाममा स्थापना हुने अक्षयकोषमा जम्मा गरिने बताईएको छ ।
चलचित्र प्रदर्शन अगाडी एक सभा गरी श्रीकृष्णलाई श्रद्दाञ्जली दिईने बताईएको छ । स्व. नायक श्रेष्ठले नै ‘ड्रिम प्रोजेक्ट’ को रुपमा लिएर निर्माण गरेको यो चलचित्र उनि आँफैले हेर्न नपाई निधन भएको थियो । फिल्म रिलिज हुनु अघिदेखि नै गम्भीर विरामी परेका श्रीकृष्णले भारतबाट अडियो सन्देश पठाउँदै आफू छिट्टै दर्शकसँगै बसेर फिल्म हेर्न आउने वाचा गरे पनि उनी फिल्म रिलिजको भोलीपल्ट सदाका लागि विदा भए । कोहीनूरमा श्वेताले मुम्बईमा बेचिएकी नेपाली चेलीको भूमिका निर्वाह गरेकी छिन् । श्रीकृष्णले उनलाई मुम्बईको कोठीबाट उद्धार गर्न गरेको प्रयासलाई चलचित्रको मुख्य विषय बनाइएको छ । मुम्बईको कोठीमा जीवन चलाउन विवश नेपाली युवतीको कथामा आधारित यो चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, श्वेता खड्का, मिथिला शर्मा, सम्राट सापकोटा आदि कलाकारहरूले अभिनय गरेका छन् ।
चेलिबेटी बेचबिखनको कथामा चलचित्र बनाउने आफ्नो सपना रहेको बताउने श्रीले चलचित्र दिएर विदा भए । ओवरसिजमा व्यग्र प्रतिक्षामा रहेको कोहिनुर इजरायलमा चल्ने भएको हो । यसअघि श्रीकृष्णले बनाएको चलचित्र ‘कहाँ भेटिएला’ दुई दिनसम्म इजरायलमा प्रदर्शन भएको थियो ।
स्व. श्रीकृष्णको सम्मान र पत्नी स्वेताको हौसला बढाउन इजरायलवासी सबै नेपाली कोहिनुर हेर्न जाने बिश्वास लिईएको छ । १४ नोभेम्बर, २०१४ (शुक्रवार) को इजरायलमा रहेका नेपाली संघसंस्था तथा सम्पूर्ण नेपालीलाई अन्य कुनै कार्यक्रम नराखी श्रीकृष्णको श्रद्दाञ्जली सभामा सरिक हुँदै चलचित्र हेर्न आग्रह गरिएको छ । चलचित्रको टिकट मुल्य १०० NIS तोकिएको छ । सञ्चार सहकार्यमा Npnews.net, Badalnepal.com, Cnnenews.com र Nepalisrael.net रहेका छन् ।
प्रोमो हेर्नुहोस्ः
0 comments:
Post a Comment