लाइन बसेर दुःख गर्ने हामी, १४ करोड कमाउने कोरिया..कस्तो बिडम्बना बेरोजगार हरुको

0फोनिज कोरिया संवाददाता सोल-यो फोटो कोरियाको जागिर खान पाउँला भन्ने आशाले हिलो बाटोमा घण्टौँ लाइन बसी पुलिसको लाठी खाँदै भाषा परीक्षाका लागि फाराम बुझाउनेहरुको हो। झण्डै ५९ हजार जनाले यसरी फाराम बुझाएका थिए। तर अस्ति रिजल्ट हुँदा चार हजारभन्दा कम पास भए।  ५५ हजार जना हिस्स। फाराम बुझाउँदा एक जनाले २४ अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ बुझाउनु पर्थ्यो। फाराम बुझाउनेहरुबाट मात्रै १४ लाख १० हजार ४ सय ८० डलर बराबरको रकम (लगभग १४ करोड साढे १० लाख रुपैयाँ)कोरियालीले उठाए। 
अब हिसाब हेर्नुस् त- १४ करोड कोरियाले कमायो, जागिर जम्मा तीन हजारले पाउने ! त्यही पनि यो पास भएका सबै ३ हजार ६ सय ६३ जना नै कोरिया जान पाउने भन्ने हुन्न। उनीहरुले फेरि २५० अङ्कको स्किल टेस्ट नामको अर्को परीक्षामा सहभागी भई त्यसमा पनि पास हुनुपर्छ। स्वास्थ्य परीक्षणमा पास हुनुपर्छ। अनि बल्ल कोरियामा काम गर्न जान पाउँछन्। १४ करोड रुपैयाँ भनेको चानचुने कुरा होइन। यति धेरै रकम नेपालबाट लिएर के गर्छ त कोरियाले ? भाषा परीक्षा लिने व्यवस्थापन गर्नमात्र यति धेरै रुपैयाँ त पक्कै खर्च हुँदैन। यसको थोरै अंश आगामी दिनमा फाराम बुझाउने प्रक्रियालाई सरल बनाउन उपयोग गरिदिए कम्तिमा घण्टौँ लाइन बस्ने, पुलिसको लाठी खाने जस्ता दुःख त सहनु पर्दैन थियो बिचरा बेरोजगार युवायुवतीले ! अनलाइनबाट फाराम बुझ्ने, फाराम बुझ्ने ठाउँ धेरैभन्दा धेरै राख्ने, भिड व्यवस्थापन गर्ने, शुल्क जुन बैँकमा बुझाए पनि हुने गर्ने १४ करोड रुपैयाँमा गर्न सकिने कुरा प्रशस्त छन्। हैन, फारामबाट आएको पैसा चोखो नाफा हो भनेर गोजीमा हाल्ने हो भने मात्रै यी कुरा गर्न सकिँदैन। नत्र त सोच्नु पर्दैन ? के हामी नेपाली सँधै गाँठ पनि गुमाउने, बेवकुफ पनि बन्ने !-
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment