एक महिलाले आलु छिराए पछि डाक्टर लाई फसाद

potatoesकोलम्बिया– आजको यो आधुनिक युगमा गर्भनिरोधकका थुप्रै साधनहरु सहज रुपमा उपलब्ध हुँदा पनि मानिसहरु यसलाई किन्न र प्रयोग गर्न हिच्किचाउँछन् । यस्तै घटना सेन्ट्रल कोलम्बियाको होन्डा इलाकामा पनि सार्वजनिक भएको छ जुन घटना थाहा पाउँदा डाक्टरहरु पनि अचम्मित भएका थिए । स्थानीय समाचार वेभसाइट ‘कोलम्बिया रिपोर्ट’ का अनुसार कोलम्बियाको एक हस्पिटलमा २२ वर्षीया एक महिला पेट दुखेका कारण उपचारको लागि आएकी थिइन् । उनको उपचारमा संलग्न डाक्टरहरुले उनको समस्याको बारेमा पत्ता लगाउँदा सुरुमा त विश्वास नै गरेनन् । उपचारको क्रममा डाक्टरहरुले थाहा पाए कि उक्त महिलाले आफ्नो योनीमा आलु राखेकी थिइन् जसमा जरा आउन सुरु गरेको थियो र आलुमा उम्रिएको जराले गर्दा नै उनको पेट दुखेको पत्ता लगाएका थिए । जब डाक्टरले ती महिलालाई यो बारेमा सोधपुछ गरे तब उनले आफ्नो आमाको सल्लाह अनुसार यस्तो गरेको बताइन् । उनले भनिन्, ‘यदि नचाहिँदो गर्भबाट बच्नु छ भने योनीमा आलु राख्नु भन्ने आमाको सल्लाहले नै मैले यो कदम उठाएको हुँ ।’ डाक्टरहरुले महिलाको शल्यक्रिया गरेर उनको योनी भित्रको आलु निकालेका छन् । अब उक्त महिलाको स्थिति सामान्य रहेको डाक्टरहरुले बताएका छन् । डाक्टरले महिलाको आमालाई उनको स्थितिको लागि जिम्मेवार ठहराएका छन् । (एजेन्सी) 
Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment