
मानव शरिरका केही अंगबाट मानिसले आफ्नो आयु र जीवनको अवस्थाबारे जानकारी हासिल गर्न सक्छ । मानिसले आफ्नो जीवन कति समयको हो वा भनौ आफू कति वर्ष बाच्न सकिन्छ भनेर आफैले पत्ता लगाउनसक्नुहुन्छ । तपाईले उक्त कुरा पत्ता लगाउनका लागि तपाईले ऐना प्रयोग गर्न सक्नुहुन्छ । ऐना हेरेर आफ्नो आयुका बारेमा आफैले जानकारी हासिल गर्न सक्नुहुन्छ ।
तपाईलाई लाग्ला ऐना हेरेर कसरी पत्ता लगाउन सकिन्छ भन्ने ? थाहा पाउनुस् ऐना हेरेर कसरी पत्ता लगाउन सकिन्छ आफ्नो आयु र अर्काको आयु समेत पत्ता लगाइदिनुस् आफैले… - शरिरको लक्षण विज्ञानका अनुसार जुन व्यक्तिको टाउकोमा पूर्ण दुई रेखा हुन्छन् उनीहरुको उमेर ६० वर्षको हुन्छ । यदी रेखा स्पष्ट छ भने उक्त व्यक्ति आफ्नो जीवनमा निकै धनी र खुसी हुन्छ । तर, रेखा बाङ्गो र काटिएको छ भने ती व्यक्ति जीवनमा निकै दुःखमा फस्ने र आर्थिक संकटबाट गुज्रिनुपर्ने हुन्छ ।
- सामान्यतया निधारमा तीन वटा रेखा हुने व्यक्तिको उमेर ७५ वर्षको हुन्छ । यी मानिसको जीवन सुखद हुन्छ र परिवारबाट निकै सम्मान पाउँछन् । - निधारको तल्लो भागमा चार वटा रेखा भएको व्यक्तिको आयु पनि करिब ७५ वर्षको हन्छ । सामान्य रूपमा निधारमा पाँच वटा रेखा हुने व्यक्तिले करिब १ सय वर्षसम्म आफ्नो जीवन जीउन सक्छ । - निधारको माथिल्लो भागमा पाँच भन्दा बढी रेखा देखिए त्यो व्यक्तिको आयु मध्यम र रेखा निकै अष्पष्ट भए उक्त व्यक्तिको आयु निकै कम हुने बताइन्छ । यदी निधारमा कुनै रेखा छैन् भने उक्त व्यक्तिले २५ वर्षदेखी ४० वर्षकोबीचमा निकै दुःख भोग्नुपर्ने हुन्छ ।
- यदी कुनै व्यक्तिको निधारको दुई रेखाको किनार जोडिएको छ भने उक्त व्यक्तिको उमेर करिब ६० वर्ष हुन्छ । यसरी निधारमा भएको रेखाबाट आफ्नो आयु थाहा पाउन सकिन्छ। यसका लागी तपाईले ऐनाको प्रयोग गर्नुभयो भने तपाईलाई पनि आफ्नो आयु बारे अनुमान लगाउन धेरै गाह्रो पर्दैन । यी सबै ज्योतिष शरिरको लक्षण विज्ञानमा आधारित रहेर बनाइएको हो, यी सबै कुरा सबैमा लागू हुन्छ भन्ने पनि छैन् । तर पनि केही जानकारि भने अवस्य पनि पाइन्छ
0 comments:
Post a Comment