गाजरलाई जाडोको फल पनि भनिन्छ । यसमा थुप्रै भिटामिन र मिनरल पाइन्छ । गाजरमा एन्टी-अक्सीडेंट्स भिटा-क्यारोटिन, अल्फा क्यारोटिन, क्याल्शियम, भिटामिन ए, बी 1, बी 2, सी र ई समेत हुन्छ । यहाँ गाजर खाँदा हुने ७ फाइदाको चर्चा गरिएको छ ।
१ क्यान्सरबाट बचाउँछ
अनुसन्धानबाट गाजर सेवनले क्यान्सरको सम्भावना कम हुने देखाएको छ । यसमा हुने फ्यालकारिनल र फ्यालक्यरिन्डियलले क्यान्सरबाट बचाउँछ ।
२ जवान राख्छ
गाजर एन्टी एजिङ औषधी नै हो । यसमा हुने भिटा-क्यारोटीन एक एन्टी-अक्सीडेन्ट नै हो जसले शरीरमा मेटाबोलिज़्ममा बदलावले हुने तन्तुको मृत्युलाई रोक्छ र जवान राख्छ । गाजरमा हुने भिटामिन ए ले त्वचालाई सूर्यको किरणबाट बचाउँछ र भिटामिन एको कमीबाट हुने कपाल र नङको सुख्खा पनबाट पनि बचाउँछ ।
३ रोगसँग लड्ने क्षमतामा वृद्धी
नियमितरुपमा गाजर सेवन गर्दा चिसोबाट बँच्न सकिन्छ । गाजरमा हुने जुसले शरीरमा रोगसँग लड्ने क्षमता वृद्धी गर्छ । पेटमा हुने विभिन्न संक्रमणबाट पनि बचाउँछ ।
४ दाँतलाई स्वस्थ राख्छ
गाजरले हाम्रा दाँतलाई स्वस्थ राख्छ । यसमा हुने तत्वले मुखमा हुने दुर्घन्ध समेत हटाउँछ । दाँतमा मात्र होइन गिँजामा हुने समस्या समेत गाजर सेवनबाट कम गर्न सकिन्छ ।
५ आँखा तेज बनाउँछ
आँखामा हुने दृष्टी शक्ति वृद्धी गर्ने क्षमता गाजरमा हुन्छ । यसमा हुने भिटामिन ए ले आँखाको ज्योती बढाउँछ । यसमा आँखामा हुने अन्य समस्यालाई समेत ४० प्रतिशतले रोक्छ ।
६ मस्तिस्क घातबाट बचाउँछ
गाजरले मस्तिस्क घातबाट पनि बचाउँछ । एक अध्यनका अनुसार जुन ब्यक्तिले सातामा ६ वा त्यस भन्दा बढी गाजर खान्छ उसलाई मस्तिस्क घात हुने सम्भावना निक्कै कम हुन्छ । सातामा ७ वटा गाजर खानु राम्रो मानिन्छ ।
७ हाड बलियो बनाउँछ
हाम्रो शरीरमा हुने हड्डी बलियो पार्न गाजरमा हुने क्याल्शियमको भूमिका महत्वपूर्ण हुन्छ । गाजरमा हुने अपर, आइरन, म्याग्नीशियम, फस्फोरस र सल्फरले शरीरलाई बलियो पार्छ ।
८.यौन सक्ति पनि बढाउछ जसले गर्दा बिर्येको बिकाश , स्वस्थ्य सन्तान बृदी मा मदत गर्दछ ।
0 comments:
Post a Comment