धनियाँको पात, किड्नी जोगाउने राज
धनियाँको पात, किड्नी जोगाउने राज
अहिले किड्नी रोगको प्रकोप फैंलिदै गएको छ ।खासगरी खानपिनमा हुने लापरवाहीको कारण किड्नी रोगी बढेका छन् ।पेटभन्दा जिब्रोलाई शान्त पार्ने ध्येयले खाने गरिएपछि किड्नी रोगले अड्डा जमाउन थालेको हो ।किड्नी, शरीर संचालनको अभिन्न अङ्ग।तर, यही अङ्ग थलिएपछि मानिसले लाखौं रुपैंयाा खर्चिनुपर्ने बाध्यता आइलागेको छ । जीवनभरि कृत्रिम तरिकाले मूत्र विसर्जन गर्ने डाइलोसिसजस्तो महँगो प्रणाली अपनाउन बाध्य छन्।पैसा हुनेहरु डाइलोसिस त गर्छन्, तर नहुनेहरु किड्नी ‘फेलियर’ बाट जीवन गुमाउन विवश छन् ।चिन्ता नगर्नुस्, किड्नी जोगाउने उपाय छ ।त्यो पनि घरैमा । भान्सामा धनियाँ पात ल्याउनुस् । नियमित सेवन गर्नुस् । किड्नी रोगबाट जोगिने भरपर्दो उपाय हो यो ।किड्नीले शरीरमा भएको विकारजन्य पदार्थ प्रशोधन गर्दछ । यसले रगतमा भएको नुन, विष तथा अनावश्यक फोहोर पदार्थ छान्ने काम गर्दछ । धनियााको नियमित सेवनबाट किड्नीको संचालन प्रक्रिया सहज बनाउन सकिने अध्ययनले देखाएको छ । यसको सेवन गर्ने तरिका सरल छ ।सेवन विधि पहिले एक मूठा धनियाँको पात लिने, त्यसलाई सफा पानीले धोएर १०मिनेटजति पानीमा उमाल्नु पर्दछ त्यसपछि चिस्याएर बोतलमा खन्याउनु पर्दछ । अब यो झोल खानयोग्य भयो । हरेक दिन एक गिलास पिउनोस् । केही साताको सेवनबाट तपाईंले किड्नीबाट प्रशोधित विकारहरु मूत्र विसर्जनको माध्यमले निष्काशन भइरहेको महसुस गर्नु हुनेछ
______________________________________________
राम्रो कुरा शेयर गरेर सबैलाई जानकारी गराउनुहोला |

0 comments:
Post a Comment