यौन सम्पर्क राख्न जादा तेस्रो लिंगी पर्ला होस् गर्नुस ...काठमाडौँ ,,मा मात्र छन् ३०० कसरि चिन्ने ..पढ्नुस

साउने संक्रान्तिको दिन। राती करबि साढे १० बजे। काठमाडौँको ठमेलस्थित कर्मचारी सञ्चयकोष भवनअगाडिको सडकमा युवतीको भेषमा पुतलीजस्तै सिँगारिएको समूह बटुवाहरूसँग उत्तेजक हाउभाउ देखाइरहेको थियो। कुनै पुरुष नजिक देख्नासाथ कहिले आँखा झिम्क्याइदिन्थ्यो त कहिले मुसुक्क हाँसेर हातले इसारा गर्न भ्याउँथ्यो।



जीवनमा उनीहरूको पीडा उत्तिकै सघन हुन्छ। घरपरविार, समाजले हेयको भावले हेर्ने हुँदा अधिकांश तेस्रो लिंगीहरू कसैले नचिन्ने सहरतिर पाइला चाल्छन्।
किरणकै कुरा गरौँ। बाबुआमाले आफ्नो सन्तान नै होइन भन्न थालेपछि किरण घर छाडेर ०६१ सालमा सोझै कसैले नचिन्ने ठाउँ काठमाडौँ पसिन्। केटाकै ‘लुक्स’मा उनले थापाथलीको एउटा चिनियाँ रेस्टुराँमा काम पाइन्। तर, आनीबानीका कारण बिस्तारै सहकर्मी र साहूले तेस्रो लिंगी भएको पत्तो पाए। भन्छिन्, “हाम्रो स्वभाव मान्छेहरूले चाँडै थाहा पाइहाल्छन्। लुकाउनै सकिँदैन। म यस्तो भएको थाहा पाएपछि सबैले छक्का, हिजडा भनेर जिस्क्याउन थाले। मेरो चित्त दुख्थ्यो। त्यसपछि काम छाडेर हिँडे।” त्यसपछिका दिन किरणले यौनकर्मीकै रूपमा बिताइरहेकी छन्।
नीलहीरा समाजका अनुसार नेपालमा समलिंगीको संख्या करबि चार लाख छ। जसमध्ये दुई प्रतिशत तेस्रो लिंगी छन्। यस हिसाबमा तेस्रो लिंगीको संख्या आठ हजार हुन्छ। जसमध्ये अधिकांश ‘मेल टु फिमेल’ (शारीरकि रूपमा पुरुष तर भावनात्मक रूपमा महिला) तेस्रो लिंगीहरू यौनकर्मी बनेका छन्। ‘फिमेल टु मेल’ (महिला पुरुष भएर हिँड्ने) तेस्रो लिंगीहरू भने यौन व्यवसायमा देखिँदैनन्।

उपत्यकामा मात्रै तेस्रो लिंगी यौनकर्मीको संख्या तीन सयको हाराहारी रहेको नीलहीराकी मानव अधिकार क्षेत्र हेर्ने भूमिका श्रेष्ठको भनाइ छ। यसबाहेक उपत्यकाबाहिरका सहरहरू धरान, इटहरी, नारायणघाट र पोखरामा उनीहरू यस्तो कार्यमा लागेका छन्।
काठमाडौँको ठमेल क्षेत्रमा मात्रै करबि ६० जना तेस्रो लिंगी यौन व्यवसायी ग्राहकको खोजीमा नियमित धाउने गर्छन्। राती १० बजेदेखि ठमेलमा देखा पर्ने उनीहरू मध्यरातको १२ बजेसम्म ग्राहक फकाउन व्यस्त हुन्छन्। बुटवलकी रञ्जु थापा, २७, भन्छिन्, “कहिलेकाहीँ त बिहान ३ बजेसम्म पनि बस्छौँ। ग्राहक कति चाँडो भेटिन्छ, त्यसमा भर पर्छ।”

केही वर्षअघिसम्म तेस्रो लिंगी यौनकर्मी काठमाडौँका ठमेल र रत्नपार्कमा मात्रै खुम्चिएका थिए। तर, संख्या बढेसँगै उनीहरू अहिले राजधानीका विभिन्न क्षेत्रमा फैलिएका छन्। प्रहरीका अनुसार ठमेल, नयाँबजार, जमल, लैनचौर, रत्नपार्क, वीर अस्पताल, खुलामञ्च, चाबहिल, नयाँ र पुरानो बसपार्क उनीहरूका ग्राहक खोज्ने स्थान हुन्। त्यसमध्ये चाबहिल, नयाँबजार, नयाँ बसपार्क तेस्रो लिंगी यौन व्यवसायीहरूका नयाँ अखडा हुन्।
ठमेलबाहेकका क्षेत्रमा तेस्रो लिंगी यौनकर्मीहरू साँझ पर्नासाथ निस्कन्छन् र १० बज्दा नबज्दै फर्किसक्छन्। अन्यत्र रात्रि जीवन नभएकाले पनि उनीहरू अबेरसम्म बस्दैनन्। धेरै तेस्रो लिंगी यौनकर्मी लाजिम्पाट क्षेत्रमा बस्छन्। तेस्रो लिंगीको अधिकारसम्बन्धी काम गर्ने संस्था लाजिम्पाटमै भएकाले पनि त्यहाँ उनीहरूको उपस्थिति अन्यत्रभन्दा बाक्लो छ।
भानुभक्त मेमोरयिल विद्यालयअगाडिसम्म फराकिलो रहेको बाटो त्यहाँबाट साँघुरन्िछ। इँटा बिछ्याइएको साँघुरो गल्लीभित्रको एउटा घरमा भाडामा बस्छिन्, रञ्जु थापा। टीभी दराजको आडैमा रहेको टेबुलमा शृंगारका सामान सजाइएका छन्। खाटको गोडातिर कुर्सी राखिएको छ।
रञ्जुले ग्राहक यहीँ ल्याउँछिन्। भन्छिन्, “पहिले-पहिले गेस्ट हाउसतिर जान्थ्यौँ। अचेल सबै साथीहरू आ-आफ्नै कोठामा ल्याउँछौँ।” कसैको डर नहुने हुँदा कोठा दुवै पक्षका लागि सुरक्षित हुने उनीहरूको भनाइ छ। पाँच वर्षदेखि यही पेसाबाट गुजारा चलाइरहेकी धरानकी पूजा राई, २८, भन्छिन्, “बाहिरभन्दा आफ्नै कोठामा सुरक्षित भइन्छ। ग्राहकलाई समेत कोठामा आउँदा गेस्ट हाउस वा होटलभन्दा सस्तो पर्छ।”
गेस्ट हाउसमा प्रहरीले छापा मार्ने हुँदा कोठा सुरक्षित पनि छ, उनीहरूका लागि। सडक त उनीहरूको ग्राहक खोज्ने संगमस्थल मात्रै हो। यस्ता यौन व्यवसायीको रेट त हुँदैन। तर, यो समुदायबीच पाँच सय रुपियाँभन्दा तल झर्नुहुँदैन भन्ने भद्र सहमति बनेको पूजा बताउँछिन्। भन्छिन्, “त्यसभन्दा माथि जसले जति डिल गर्न सक्छ, उति हुन्छ। कतिपय मनकारी ग्राहक पीडा सुनेर मोलमोलाइ गरेभन्दा बढी पैसा दिनसमेत राजी हुन्छन्।” आफूले रात बिताएको ग्राहकसँग तीन हजार रुपियाँसम्म लिएको पूजा खुलाउँछिन्।
मुख्यतः मुख मैथुन (ओरल सेक्स)मा रुचि राख्नेहरू र श्रीमतीबाट यौन सम्पर्कमा असन्तुष्टहरू उनीहरूका मुख्य ग्राहक हुन्। आएका ग्राहकमध्ये अधिकांश विवाहित पुरुष हुन्छन्। “ओरल सेक्स मन पराउने तर श्रीमतीबाट त्यो इच्छा पूरा नहुने संख्या सहरमा धेरै ठूलो छ,” तेस्रो लिंगीको ‘गेट अप’मा टेलिभिजन कार्यक्रम ‘उज्जु डार्लिङ्’ सञ्चालन गर्ने हास्य कलाकार उज्ज्वल भण्डारी भन्छन्, “त्यस्तो कुण्ठा पाल्नेहरू नै उनीहरूका प्रमुख ग्राहक हुन्। मान्छेको नेचर नै त्यस्तै छ भने के गर्नु ?”
पूजाका अनुसार समाजमा स्थापित व्यक्तिहरू नै उनीहरूका मुख्य ग्राहक हुन्, जसलाई उनीहरू साथी भन्न रुचाउँछन् र नियमित सम्पर्कमा रहन्छन्। यस्ता ग्राहकको संख्या आधा दर्जन रहेको पूजाले बताइन्। अझ रञ्जुको त यस्ता साथी एक दर्जन रहेछन्। भन्छिन्, “उनीहरू आफैँ सम्पर्क गरेर आउँछन्।”
नेपालले भेटेका एक दर्जन तेस्रो लिंगी यौनकर्मीमध्ये अधिकांशले नियमित ग्राहक बनाएको खुलाए। कतिपयको यस्ता ग्राहकसँगै ‘लभ अफेयर’समेत चलेको छ। जस्तो ः सरकारी सेवामा कार्यरत कर्मचारीसँग रञ्जुको अफेयर चल्यो। उनीहरू चार वर्ष सँगै बसेछन्। केटालाई घरबाट विवाह गर्ने दबाब आएपछि उनीहरू सँगै बस्न सकेनन्। भन्छिन्, “अहिले फोनमा कुराकानी हुन्छ। त्यसबाहेक सम्बन्ध छैन। ”
विराटनगरकी आकांक्षा तिम्सिना, २१, छिमेकी र साथीहरूले हिजडा, छक्का भनेर जिस्क्याउन थालेपछि घर छाडेर भारतको आरा पुगिन्। व्यवस्थापनमा १२ कक्षा उत्तीर्ण उनले त्यहाँ अर्केस्ट्रामा काम गरनि्। तर, हिँडडुल गर्न नेपालमा भन्दा गाह्रो भएपछि उनी ६ महिनामै पुनः स्वदेश फर्किन्। कहीँ काम नपाएपछि उनी एक महिनाअघि काठमाडौँ छिरेर यौन व्यवसायमा लागेकी छन्। आएको २० दिनमै उनी प्रहरीको फन्दामा समेत परनि्। प्रहरीले सार्वजनिक स्थलमा होहल्ला गरेको भन्दै उनीहरूलाई पक्राउ गरेर रातभर िहिरासतमा राखेछ र भोलिपल्ट छाडिदिएछ।
“देह व्यापारलाई कानुनले बन्देज लगाएको छ। उनीहरूसँग विकल्प छैन भनेर जान्दाजान्दै हामीले नियन्त्रणमा लिनुपर्छ,” महानगरीय प्रहरी परसिर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक
(एसएसपी) सुबोध घिमिरे भन्छन्। प्रहरी प्रभाग सोह्रखुट्टेका प्रहरी निरीक्षक कवित कटवाल तेस्रो लिंगीहरूको समस्या समाधानका लागि राज्यले सोच्नैपर्ने बताउँछन्। भन्छन्, “पक्रने र छाड्ने मात्रै हो कि दिगो समाधान निकाल्ने भन्ने सोच्नुपर्ने भएको छ।”
साभार : नेपाल साप्ताहिक

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment