बिधार्थी जीवन देखि संगीतमा झुम्ने रमाउने कला ले यसै क्षेत्र रोज्न पुगिन, बाटामा हिड्दा पनि गुनगुनाउँने बानि अनि संगीतको मोहले बिस्तारै कलेज जिबनमा पनि बिभिन्न प्रतियोगितामा भाग लिन थालिन २०५७ सालमा रेडियो नेपालको अधिराज्य ब्यापि लोकगित प्रतियोगितामा भाग लिन पुगिन र प्रथम स्थान हासिल गर्न सफल भयिन । पछि अरुको एल्बममा काम गर्ने अबसर पाउन थालिन ।
२०५८ के ए टि एच संगित प्रतियोगितामा प्रथम भइन नेपाल टेलिभिजनको ब्राईटर तिम्रो सुर मेरो गित कार्यक्रममा दोस्रो स्थान हासिल गर्न सफल भएकि कला लोकप्रिय हुदै जादा उत्साह बढ्दै गयो र जिवनलाई संगितमा सुम्पिन पुगिन l
दोस्रो एलबम" अफर" २०६५ ले नै मलाई गित संगितमा स्थापित गर्न पुग्यो । एस एल्बममा आधुनिक, लोक, पप सबै किसिमका गित समाबेश गरेको बताउछिन ।
युवापुस्ताका चर्चित गायिका कला राईको ‘पश्चिम पोखरा’ लोकगीत, ‘अनुभग’, ‘कला’ र ‘अफर’ आधुनिक गीतिएल्बम सार्वजनिक भइसकेका छन । अहिलेसम्म राईले कमाएको सम्पत्ति यत्ति नै हो । यीबाहेक उनले कमाइन् भने केवल श्रोता/दर्शकको न्यानो मायामात्रै ।
यसलाई पनि सम्पत्ति नै मान्ने हो भने, अधिराज्यव्यापी लोकगीत प्रतियोगिता (२०५७) मा उनी प्रथम भएकी थिइन् । अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगिता (२०६२) मा भने दोस्रो । उक्त प्रतियोगितामा दोस्रो हुनु नै उनले स्वर परीक्षा पास गरेको मान्यताप्राप्त लाइसेन्स मानिन्छ ।
गीत–संगीतमा लागेपछि उनले आर्जन गरेको लोकप्रियता देख्दा उनका साथीसंगीलाई कत्ति लोभ लाग्ला ? साथीसंगीले पैसाले किन्न नसकिने लोकप्रियता कमाएको मा कोहि खुसि त् कोहि डाहा गर्ने गरेको बताउछिन कला हुनु पनि हो, धन “ले किन्न नसकिने सम्पत्ति भनेको नाम,प्रतिष्ठा हो । हिजो आज उनीलाई नाम मात्रै होइन, दाम पनि हात लागेको छ ।
कला राईलाई गायिका मात्रै भने उनको परिचय अपूरो हुन्छ । अधुरो हुन्छ । उनी गायिकाको अलावा गीतकार पनि हुन् । उनले आफूले लेखेको गीत पनि गाएकी छन् । गायिका राई भन्छिन्, ‘म लेखिका पनि हुन् गायनले ओझेलमा पर्न गए,हिजो आज गित संगीत लाइ धेरै मजाक र मनोरंजन को रुपमा आउने हरुलाई संगीत सिकेर आउन आग्रह गर्छिन । उनि आफुलाई गीतकार भन्दा गायिका कला भनेरै चिनाउँन चाहन्छिंन ।’ ‘अफर’ गीतिएल्बमको अहिले चर्चामा रहेको गीत ‘पान्धारे चौकी माया पो नलाई बा मरिन्छ कि’ उनैले लेखेकी हुन् ।
भिडिओ हेर्न तल जानु होला
0 comments:
Post a Comment