गोरखा । कन्डम प्रयोग गर्न छाडेर गर्भनिरोधक औषधि खाने क्रम बढेपछि जिल्लामा एचआईभी संक्रमणको जोखिम बढेको छ। औषधिले गर्भ बस्न रोके पनि एचआईभी र यौनजन्य रोग सर्नबाट रोक्दैन। स्वास्थ्यका लागि खतरा र आर्थिक रूपमा खर्चिलो हुने गर्भनिरोधक औषधि सेवन निरुत्साहित गर्नुपर्ने स्वास्थ्यकर्मी बताउँछन्। अहिले गोरखामा एक सय ५३ एचआईभी संक्रमित छन्। औषधि सेवन गरेर गर्भ बस्न नदिने र कन्डमबिना यौनसम्पर्क राख्दा यो संख्या बढ्ने देखिन्छ।
0 comments:
Post a Comment