यौन सम्पर्क का लागि मात्र हैन ..पेटको रोग निको पर्न खानुस यार्सागुम्बा
भलायो
सुकेको भलायोको बीउलाई पिँधेर धुलो पार्ने र २, ३ ग्राम भलायोचूर्णलाई नरिवलको घीउसँग मिलाएर सेवन गर्नाले पेटसम्बन्धी सम्पूर्ण रोगहरु निको हुन्छ । यसले पटको जुका मार्छ । शक्ति प्रदान गर्छ । वीर्यको मात्रालाई बढाउँछ ।
बकाइनो
यसको फल, पात वा बोक्रालाई पिसेर लेदो बनाई लुतो, घाउ खटिरामा लगाउनाले वा बकाइनोचूर्णलाई मनतातो पानी वा दुधसँग मिलाएर नियमित पिउनाले बिभिन्न प्रकारका चर्मरोग ठीक हुन्छन् ।
यार्सागुम्बा
यो दुर्गम हिमाली जिल्लाको पाखा भित्तामा हिऊँमुनि पुरिएर रहने एक प्रकारको लाभ्रे कीरामा ढुसी लागेर उम्रिने च्याऊ हो । यसको टुप्पा खैरो र फेद फिका पहेँलो हुन्छ । यसले यौन क्षमता बढाउने कार्य गर्दछ । फोक्सो र मृगौलाको क्यान्सरलाई निको पारेर शरीरका सम्पूर्ण अंगहरुलाई सबल र सक्षम बनाउँछ । वृद्धहरुलाई जवान बनाउँछ
0 comments:
Post a Comment