एजेन्सी । आफ्नो स्तन ठुलो र आकर्षक होस् भन्ने चाहना अधिकांश युवतीमा हुन्छ । अहिले प्राकृतिक रुपमा भन्दा पनि कृत्रिम रुपमा स्तन ठुलो बनाउने चलन फेशनका रुपमा विकास भइरहेको छ ।
दीर्घकालीन रुपमा स्तनलाई ठुलो बनाउन शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि प्रशस्त पैसा खर्च गर्नुपर्ने भएकाले कतिपय युवतीले चाहेर पनि आफ्नो स्तनलाई आकर्षक बनाउन सकिरहेका छैनन्। यस्तो अवस्थामा न्युयोर्कका एक प्लास्टिक सर्जनले अस्थायी रुपमा स्तन ठुलो बनाउने प्रविधि विकास गरेका छन्।
प्लास्टिक सर्जन नोरम्यान रोबेले नुन पानीलगायत केही रसायन घोलेर बनाइएको झोललाई स्लाइनमार्फत स्तनमा पुराएपछि स्तन ठुलो हुने र त्यो केबल २४ घण्टा मात्र रहने बताएका छन् । २४ घण्टापछि स्तन पुरानै अवस्थामा आउने उनको दावी छ ।
केही युवतीले रोबेसँग उक्त शल्यक्रिया गराइसकेका छन् । जसको नतिजा सकारात्मक छ । रोबेका अनुसार यसरी स्तनलाई ठुलो बनाउन २ लाख ४५ हजार रुपैयाँ खर्च गर्नुपर्छ ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment