यी र यस्ता प्रकारका फाइल फोल्डर दैनिक जसो हटाउदै गएको खण्डमा कम्युटरले काममा राहत दिनेनै छ । नियमित रुपमा काम गर्दै गर्दा अचानक समस्या र गतीमा गिरावट नआओस भन्नको लागी यस्ता सानातिना लाग्ने विषयमा ध्यान दिनुपर्छ भनिएको हो । दैनिक रुपमा कम्प्युटरमा काम गरिसकेपछि सट डाउन गर्नुअघि यस्ता प्रकारका डुप्लिकेट भएर वसेका फाइल,फोल्डरहरु हटाउन नर्विसनुहोला । अर्को महत्वपुर्ण विषय भनेको डिलिट गरिएका सम्पुण फाइल,फोल्डर रिसाइकल विनमा धकेल्नासाथ कम्प्युटरको भारमा कमी हुन्छ भन्ने भ्रममा पनी पर्न हुदैन । रिसाईकल विनलाई नै क्लियर गर्न जरुरी छ ।
त्यस्तै विण्डोज ७ अपरेटिङ सिस्टम रहेको कम्प्युटरको गती वढाउने अर्को विधी डिस्क क्लिनअप पनी हो । डिस्क क्लिनअपसम्म पुग्नको लागी मेनुवारवाट अल प्रोग्राममा जानुपर्ने हुन्छ । त्यहाँ एससरिज अप्सन देखिनेछ सोहि मेनुमा सिस्टम पनी पाउन सकिन्छ । सिस्टम टुलमा माउस ओभर गर्नुभयो भनेमात्रै पनी डिस्क क्लिनअप देखिनेछ । डिस्क क्लिनअपवाट ड्राइभ छनोट गरेर त्यहाँ रहेका अनावश्यक फाइल,फोल्डर हटाउन सकिन्छ । कम्प्युटरको गती वढाउनको लागी गरिने अर्को विधी भनेको डिस्क डिफ्रागमेन्टर पनी हो । यसको लागी पनी मेनुवार हुदै अल प्रोगाममा गएर एसोसरिज मेनुमा माउस ओभर गर्न आवश्यक छ क्रमस सिस्टम टुलमा जानुपर्ने हुन्छ । डिस्क क्लिनअपसगै डिस्क डिफ्रागमेन्टर पनी देखिनेछ, त्यहाँ क्लिक गरिसकेपछि कम्प्युटरको कुन ड्राइभमा जाने भन्ने विकल्प देख्नुहुनेछ र क्रमस कम्प्युटरमा रहेका ड्राइभरलाई सफ गर्न सकिन्छ ।
फोटो:गुगल
इन्टरनेट जोडिएको कम्प्युटरको गती अझ अरु कम्प्युटरभन्दा चाडै सुस्त हुने गर्दछ । इन्टरनेटवाट भाइरस तथा अनावश्यक सफट्वेयर डाउनलोडले गर्दापनी प्रोसेसरमा प्रभाव भइरहेको हुने हुदा कुन कुन अनलाइन साइट खोल्न आवश्यक छ र थोरैभन्दा थोरै के कती सफटवेयर प्रयोग गर्न सकिन्छ त्यसतर्फपनी ध्यान दिन सकेको खण्डमा आफुले चलाउदै आइरहेको कम्प्युटरलाई भार तथा चाप कम हुन जान्छ भने हामीले पनी कम्प्युटर केयर गरिएको ठहरिन्छ । ९ माघ २०६९ मा अन्नपुर्ण पोष्टमा प्रकाशित ।
0 comments:
Post a Comment